
ढाका(बंगलदेश), २७ भदौ । साफ सुजुकी च्याम्पियनसिप कपमा नेपाली फुटबल टोली नसोचेको माल्दिभ्ससग सेमिफाइनलमा पराजित भएको छ । बंगलादेशको बंगबन्धु रंगशालामा भएको माल्दिभ्सँगको खेलमा नेपाल ३ गोलले पराजित भएको हो।
खेलको ८ औं मिनेटमा माल्दिभ्सले फ्री किकबाट पहिलो गोल गरेको थियो ।
भारी वर्षापछि खेलको २७ औं मिनेटमा खेल रोकिएको थियो। झन्डै आधा घन्टापछि भएको खेलको पहिलो हाफ सकिँदा नेपालले गोल फर्काउन सकेन।
खेलको ८४ मिनेटमा माल्दिभ्सले गोल थप्यो। त्यसको दुई मिनेट नबित्दै माल्दिभ्सले तेस्रो गोल गर्यो।
यो जितसँगै माल्दिभ्स साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
अर्को सेमिफाइनलमा भारत र पाकिस्तान भिड्दैछन्।