Prakash Adhikari September 15, 2018

काठमाडौं, ३० भदौ । कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको अनुसन्धान र दोषिमाथि कारबाहीको माग गर्दै शनिबार  देशका अधिकांश ठाउँमा ‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तरगत नागरिक भेला र प्रदर्शन एका छन्।

अभियानकर्मीहरुले काठमाडौंको माईतिघर मण्डल, झापाको अर्जुनधारा , काकरभिट्टामा हनुमान मन्दिर र दमकको दमक चोक, बिराटनगरको ट्राफिकचोक र बिराटचोक, धरानको भानुचोक, ईटहरीको रेयुकाई चोक, ईनरुवाको लोकतान्तरिक चोक, राजविराजको भगवती मन्दिर,काभ्रे पाँचखालको समाजकल्याण चोक, नेपालगंज, पोखराको मानवधिकार चोक, भरतपुरको चौबिसकोठी, मेलम्चीको हेलम्बु बसपार्क, गाइघाटको पिपलचोकलगायत देशका प्रमुख शहर र बजारमा प्रदर्शन गरे  ।

घटना भएको ५० दिन बितिसक्दा पनि दोषीको पहिचान गर्न नसकेको प्रहरी प्रशासन र सरकारलाई खबरदारी गर्न उक्त प्रदर्शन भएको हो ।

समाजिक संजाल प्रयोगकर्ता र न्यायप्रेमीहरुको अग्रसरतामा प्रदर्शन हुनेछ। अधिकांश स्थानमा दिउसो १ बजे र केही स्थानमा साँझ ५ बजे भएको हो  ।

निर्मला पन्तका आमा(बाबु न्यायको खोजीमा देशको राजधानी आएर राष्टपति देखि प्रधामन्त्री,गृहमन्त्री र विपक्षी दलका नेताहरु भेटिरहनुभएको छ ।निर्मलाकालागि न्याय भन्दै सामाजिक संजाल र मिडियाहरु निरन्तर आवाज उठाईरहँदा पनि दोषी पत्ता लगाउन सरकारी संयन्त्रले त्यति जाँगर देखाएको छैन् ।

 

दोषी पत्ता लगाउनकालागि आयोगहरु बनिसके पनि दोषी पत्ता लगाउन नसक्नुले शंकाको सुई उच्चपदस्थहरु र पहुँचवालाहरु तर्फ घुमेको छ।

मानवअधिकार आयोगले पनि प्रहरीको सुरुवाती अनुसन्धान प्रकृयामा प्रश्न उठाइसकेको छ।

प्रहरीको संलग्नतामा प्रमाण नष्ट गर्ने, अनुसन्धान पूरा नहुँदै लाश जलाउने र अनुसन्धानका क्रममा पीडित पक्षलाई अनावश्यक दबाब र तनाव दिएको कारण यो हत्या प्रकरणमा नेपाल प्रहरी र स्थानीय प्रशासन तथा स्थानीय निकायका जनप्रतिनिधिहरु आलोचित र विवादित बन्दै आएका छन् ।

Share Now

Leave a comment.