Prakash Adhikari September 15, 2018

काठमाडौं, ३० भदौ । नागरिकता विधेयकमा गैरआवासीय नेपालीलाई पनि समान र सम्मानजनक अधिकार सुरक्षित गर्ने अभिप्रायले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको एक टोली नेपाल आउदैछ ।

एनआरएनए बेलायतको टोली आज शनिवार बेलायतबाट प्रस्थान गरिसकेको छ ।

प्रतिनिधिमण्डलमा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्य,एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले, एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, महासचिव राजकुमार त्रिपाठी, पूर्वअध्यक्षहरु,योगेन क्षेत्री महेन्द्र कँडेल सहित अधिवक्ता गोबिन्द बेल्वासे, आर्इसीसी सदस्य जयप्रकाश गुरुङ लगायत छन् ।

प्रतिनिधिमण्डलले विधेयक संसदमा छलफल हुनुअघि विभिन्न राजनीतिक पार्टीका नेता, सांसद, सरकारी प्रतिनिधि र अन्य सरोकारवालालाई भेट्ने कार्यक्रम तय गरेको छ ।

एनआरएनए यूके अध्यक्ष फगामी र महासचिव त्रिपाठीले नागरिक पहलबारे हुन लागेको नेपाल भ्रमणका विषयमा एनआरएन केन्द्रीय अध्यक्ष भवन भट्टलाई जानकारी गराइसकेको बताउनुभएको छ ।

एनआरएनए अध्यक्ष भट्ट अहिले नेपालमै हुनुहुन्छ ।

Share Now

Leave a comment.