Prakash Adhikari April 23, 2026

काठमाडौं, १० बैशाख। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ पर्नुभएको छ। उहाँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो।

हिमालयन पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष गोल्छालाई कम्पनीको रकम दुरुपयोग गरेर शेयर बजारमा लगानी गरेको विषयमा अनुसन्धानको लागि पक्राउ गरिएको बताइएको छ। उहाँलाई जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उहाँलाई नेपालको पुँजीबजारको नियामक निकाय धित्तोपत्र बोर्डले शंकास्पद कारबाहीमा संलग्र देखिएको भन्दै थप अनुसन्धान गरी कारबाही चलाउन प्रहरीलाई सिफारिस गरेको बताइएको छ।

विभागले केही समय अघि शेखर गोल्छासँग पनि बयान लिएको बताइएको छ।

Share Now