कीर्तिपुर-काठमाडौं), १७ बैशाख । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालसहित सबै पदाधिकारीले सामूहिक राजीनामा दिनुभएको छ।
शिक्षाध्यक्ष खड्ग केसी र रजिष्ट्रार केदार प्रसाद रिजालले पनि राजीनामा दिनुभएको छ। उहाँहरू सबैले नयाँ सरकारलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले राजीनामा दिएको बताउनुभएको छ।
हालै सिफारिस भएको अध्यादेशमा पदाधिकारी हटाउन सक्ने प्रावधान राखिएको तथा सत्तारुढ दलका केही नेताको पनि त्यस्तै संकेत देखिएपछि बिहीबार कुलपति बालेन्द्र शाहलाई राजीनामा बुझाइएको बताइएको छ।
केसी र रिजाल प्रचण्ड प्रधानमन्त्री भएका बेला मेरिटका आधारमा नियुक्त हुनुभएको हो भने उपकुलपति अर्याल केपी शर्मा ओलीको पालामा मेरिटकै आधारमा नियुक्त हुनुभएको थियो।


















