Prakash Adhikari May 3, 2026

काठमाडौं, २० बैशाख । राष्ट्रपति थी रामचन्द्र पौडेलले बालेन सरकारले अध्यादेशको रुपमा जारी गर्न सिफारिस गरेको संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी ऐन, २०६६ अस्वीकृत गर्नुभएको छ ।

सरकारले संवैधानिक परिषद्का ६ सदस्य मध्ये ३ जनाको उपस्थितिमा पनि बैठक बसेर बहुमतको आधारमा निर्णय गर्न सक्ने गरी संवैधानिक परिषद्(काम,कर्तव्य र कार्यविधि) संबन्धी ऐन २०६६ लाई अध्यादेशको रुपमा जारी गर्न बैशाख १४ गते राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले आज अपरान्ह जारी गर्नुभएको विज्ञप्तिमा यस्तै संशोधन अध्यादेश तत्कालीन मन्त्रिपरिषद्‌को निर्णय बमोजिम मिति २०८२ ।०८। ०२ मा प्रमाणिकरणको लागि प्राप्त भएकोमा जारी नभएको र २०८२।०३।२५ मा प्राप्त संशोधन अध्यादेश सन्देशसहित फिर्ता पठाईएको स्मरण पनि गराउनुभएको छ ।

राष्ट्रपति पौडेलले सरकारले पठाएको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ भने जारी गर्नुभएको छ ।

 

Share Now