गोवा(भारत), ११ जेठ । साफ महिला च्याम्पियनसिप अन्तरगत आज भएको खेलमा नेपाले भुटानलाई पराजित गरेको छ।
नेपालले आफ्नो पहिलो खेलमा आज भुटानलाई १ – ० ले हराउँदै विजयी सुरुवात गरेको हो।
भारतको गोवास्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा २३ औं मिनेटमा नेपालले अग्रता बनायो। पेनाल्टी बक्स भित्रबाट गीता रानाले हानेको प्रहार भुटानको खेलाडीलाई लाग्दै गोलमा परिणत भयो।
सोही गोल खेलको निर्णायक बन्यो।
यसअघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
आज ३७ औं मिनेटमा नेपालले अग्रता दुगुना गर्ने राम्रो अवसर गुमायो। रेखा पौडेलको प्रहार सेकेण्डबारमा लाग्दै बाहिरियो।
जारी खेलमा नियमित खेलाडीहरू साबित्रा भण्डारी (साम्बा) र सबिता राना मगर चोटको कारण टिममा छैनन्। प्रीति राई भने कम्बोडियन क्लबको जिम्मेवारीको कारण केहि दिनपछि मात्र गोवा पुग्नेछिन्।
आजको खेलमा अनिता लम्जेलले राष्ट्रिय टिमबाट डेब्यु गरेकी छिन्। नेपालले जित बाट साफ च्याम्पियनसिपको सुरुवात गरेको छ।
नेपालले आफ्नो पहिलो खेलमा आज भुटानलाई १-० ले हराउँदै विजयी सुरुवात गरेको हो।
भारतको गोवा स्थित पण्डित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलको २३ औं मिनेटमा नेपालले अग्रता बनायो। पेनाल्टी बक्स भित्रबाट गीता रानाले हानेको प्रहार भुटानको खेलाडीलाई लाग्दै गोलमा परिणत भयो। सोही गोल खेलको निर्णायक बन्यो।
यसअघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।
आज ३७ औं मिनेटमा नेपालले अग्रता दुगुना गर्ने राम्रो अवसर गुमायो। रेखा पौडेलको प्रहार सेकेण्डबारमा लाग्दै बाहिरियो।
जारी खेलमा नियमित खेलाडीहरू साबित्रा भण्डारी (साम्बा) र सबिता राना मगर चोटको कारण टिममा छैनन्। प्रीति राई भने कम्बोडियन क्लबको जिम्मेवारीको कारण केहि दिनपछि मात्र गोवा पुग्नेछिन्। आजको खेलमा अनिता लम्जेलले राष्ट्रिय टिमबाट डेब्यु गरेकी छिन्।








