काठमाडौं, १२ जेठ । मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो।








