काठमाडौँ, २६ जेठ। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गर्नुभएको छ ।
प्रधानमन्त्री शाहले आजै दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका गर्नुभएको हो । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई नियुक्त गर्नुभएको छ ।
नवनियुक्त दुवै मन्त्रीले मंगलबार अपरान्ह राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ । चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहले रक्षा मन्त्रालय भने अझै आफैसँग राख्नुभएको छ ।
गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेद्वारको रुपमा म्याग्दीबाट निर्वाचित सांसद हुनुभएको हो ।
गत चैत १३ गते गृहमन्त्री नियुक्त हुनुभएका गुरुड.ले सम्पत्ति विवादमा तानिएपछि वैशाख ९ गते पदबाट राजीनामा दिनुभएो थियो । उहाँको विवादमा छानविन गर्न सरकारले गठन गरेको समितिले सफाई दिने प्रतिवेदन पेस गरेपछि उहाँको पुनः नियुक्तिको ढोका खुलेको हो । आजै बसेको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी प्रतिवेदन स्वीकार गरेको थियो । पुन भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको थियो । चुनावी सरकारमा थन्किएर पूर्वमन्त्रीमा सीमित हुनुभन्दा निर्वाचित भएर विधायक बन्ने रहरले उहाँ स्वतन्त्र उम्मेद्वारको रुपमा जन्मस्थल म्याग्दीमा चुनावमा होमिनुभएको थियो । उहाँले राम्रो मतान्तरले चुनाव जित्नुभएको थियो ।








