Prakash Adhikari June 9, 2026

 

काठमाडौं, २६ जेठ । नेपाल भलिबल संघले अर्को महिना पाकिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिपको लागि १२ सदस्यीय राष्ट्रिय भलिबल टोलीको घोषणा गरेको छ।

पाकिस्तान भलिबल फेडेरेसनको आयोजनामा आगामी असार १७ देखि २३ गते (जुलाई १ देखि ७) सम्म इस्लामावादमा काभा पुरुष भलिबल च्याम्पियनसिप हुनेछ ।

संघले आज सार्वजनिक गरेको टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष वि।क, सरोज वर्देवा, राजेन्द्र धामी सुरज चुनारा छन् ।‌ त्यसै नृपध्वज बस्नेत, रबिन नगरकोटी, हिमाल सुनारी, हरिहजुर थापा, दिपेश कुँवर र विनोद चन्द टोलीमा छन्।

गत महिना काठमाडौंमा आयोजना भएको काभा महिला च्याम्पियनसिपमा नेपाल चौथो भएको थियो। काभाका प्रतियोगितामा महिला टोली यस पटक पदकविहीन भएको थियो।

पुरुष टोलीले अहिलेसम्म काभामा पदक जित्न सकेको छैन। झन्डै एक दशक अघि पुरुष टोलीले सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कास्य पदक जितेको थियो। नेपालले अहिलेसम्म पुरुष टोली जितेको त्यो एक मात्र पदक हो।

Share Now