Prakash Adhikari June 20, 2026
वासिङ्टन, ६ असार (रासस÷एएफपी)ः संयुक्त राज्य अमेरिकाका शीर्ष कूटनीतिज्ञ स्टिभ विटकफ स्विट्जरल्याण्डमा हुने वार्ताका लागि प्रस्थान गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरूले शुक्रबार जनाएका छन् ।
संयुक्त राज्य अमेरिका र इरानबीच तय गरिएको वार्ता स्थगित भएपछि उहाँ त्यहाँ जान लाग्नुभएको हो ।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै एक्सियोसले विटकफ शुक्रबार अल्पाइन मुलुकतर्फ प्रस्थान गरेको जनाएको छ ।
सिएनएनका अनुसार प्रारम्भिक शान्ति सम्झौतालाई पुनः‘सही दिशामा ल्याउने’उद्देश्यसहित अमेरिका र इरानबीच प्राविधिक तहका वार्ता अघि बढाउने प्रयास भइरहेको छ ।
त्यस्तै, ट्रम्पका दूत जेरेड कुशनर पनि वार्ताका लागि स्विट्जरल्याण्डमा हुने अपेक्षा गरिएको छ । एक्सियोसले भने उहाँ पहिले नै त्यहाँ पुगिसक्नुभएको जनाएको छ ।
विटकफले इरानी अधिकारीहरूसँग भेटवार्ता गर्ने भन्नेबारे तत्काल स्पष्ट नभएको जनाउनुभएको छ ।
उपराष्ट्रपति जेडीभान्सको स्विट्जरल्याण्ड भ्रमण पनि पहिले तय भए पनि पछि स्थगित गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबारका लागि तय गरिएको अमेरिका–इरानवार्ता मध्यपूर्वमाजारी द्वन्द्व अन्त्य गर्ने तथा दीर्घकालीन समाधानतर्फ अघि बढ्ने उद्देश्यसहित तय गरिएको थियो । तर वार्ताको नयाँ मितिभने अझै घोषणा गरिएको छैन ।
फेब्रुअरी २८ मा भएको अमेरिकी–इजरायली आक्रमणबाट इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको घटनापछि युद्ध सुरु भएको थियो ।
Share Now