काठमाडौं, १५ आषाढ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार ४ सय रुपैयाँ र चाँदी प्रतीतोला १५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँ काराेबार भएको छ। आईतबारको सुन तोलामा २ लाख ८३ हजार ८ सय रुपैयाँ किनबेच भएको थियो।
त्यस्तै आजको बजारमा चाँदी तोलामा ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी तोलामा ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।








