Prakash Adhikari July 29, 2026

काठमाडौं, १३ साउन। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा तोकिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा कायम भएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा रहेको छ। स्विस फ्र्यांक एकको खरिददर १८६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ।

अन्य अष्ट्रेलियाली तथा एसियाली मुद्राहरूतर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६१ पैसा र बिक्रीदर २२ रुपैयाँ ७० पैसा एवं थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा कायम भएको छ।

वैदेशिक रोजगारीका हिसाबले महत्त्वपूर्ण मानिने खाडी मुलुक तथा मलेसियाका मुद्राको दरभाउमा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४० रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४२ रुपैयाँ १५ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८४ पैसा रहेको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ०१ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९९ रुपैयाँ १३ पैसा तोकिएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ४८ पैसा र बिक्रीदर १० रुपैयाँ ५२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७० पैसा र बिक्रीदर १५ रुपैयाँ ७७ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ २५ पैसा र बिक्रीदर २३ रुपैयाँ ३५ पैसा एवं हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा तोकिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले तोक्ने विनिमयदर भने थोरै फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Share Now