Prakash Adhikari July 29, 2026

आम्सटर्डम(नेदरल्याण्डस्), १३ साउन । आईसीसी क्रिकेट विश्वकप लिग २ छनोट अन्तरगत नेदरल्याण्डमा भइरहेको ११९ औं खेलमा आयोजक नेदरल्याण्ड्सले नेपालसमक्ष २ सय २६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेदरल्याण्डस्को उत्रिचस्थित स्पोटर्सपार्क मार्शलकर्विड खेल मैदानमा भईरहेको खेलमा टस जितेर नेपालले फिल्डिड. रोजेपछि ब्याटिड.मा उत्रिएको आयोजक राष्ट्रको टिमले ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २ सय २५ रन जोड्यो ।

नेदरल्याण्ड्सका लागि नोह क्रोइसले सर्वाधिक ७० रन जोडे । उनले ९३ बलमा ३ चौकाको मद्दतले ७० रनको योगदान दिए । खेलमा क्याप्टेन स्कट एड्वार्डले ५७, लगन भान विकले २७, ज्याक लायन क्याचेटले १६, वास डे लिडले १३, म्याक्स ओ दाउले १२,क्यायल क्लिनले ७, आर्यन दत्तले ५,रोयलअफ भान डर मर्वेले १ रनको योगदान दिए ।

नेदरल्याण्ड्सलाई रोक्ने क्रममा नेपालका करन के.सी.ले ४ विकेट लिए भनेदीपेन्द्रसिंह ऐरीले २, हेमन्त धामी र ललित राजवंशीले १ । १ विकेट लिए । एक विकेट रन आउटमा मिल्यो नेपाललाई ।

आज अन्तिम ओभरसम्म ९ विकेट लिन सफल भए पनि नेपालका बलरहरु मध्यक्रममा विकेट लिन निकै संघर्ष गर्नुपर्यो । पहिलो बलमा नै करनले पहिलो विकेट लिएका थिए । उनले ८.१ ओभरमा करन के.सी., ओभर, ४७.३ ओभर र आन्तिम ओभरको अन्तिम बल(४९.६ ओभर) मा पनि विकेट लिएर इनिड. टुग्याँइदिए । ७.६ ओभरमा हेमन्त धामीले एक विकेट लिए भने १७.१ ओभरमा ललित राजवंशीले एक विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ४१.५ ओभर, ४६.२ ओभरमा दुई महत्वपूर्ण विकेट लिए । करन के.सी.को बलमा ४५.२ ओभरमा कुशल भूर्तेलले रन आउटबाट एक विकेट झारे । अन्तिम १० ओभर र सुरुका २० ओभरमा नेपालले नियमित अन्तरमा विकेट झारे पनि बीचका २० ओभर नेपाल विकेट झार्न असफल भयो । यसको परिणाम नेदरल्याण्ड्सले २ सय २५ रनको योगफल तयार पार्यो ।

Share Now