Prakash Adhikari August 16, 2026

 

चितवन, ३१ साउन। इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

गएराति करिब १०ः२५ बजे खसेको पहिरोका कारण नारायणगढ–काठमाडौँ सडकखण्ड पूर्णरूपमा बन्द भएको हो।

५ वटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

Share Now