काठमाडौं, १० भाद्र । रसुवागढी र त्रिशुली नदीमा बाढीको प्रवाह कम भएपछि बाढी प्रभावितहरुको खोजी र उद्धार जारी उद्धार जारी छ।
बाढीबाट प्रभावितहरुको खोजी र उद्धारमा नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । परिचालन भएका तीनै सुरक्षा निकायले बाढीबाट प्रभावित घाइतेहरूलाई हेलिकप्टरमार्फत काठमाडौंस्थित त्रिभुवन विमानस्थल ल्याइपुर्याएका छन् ।
विमानस्थलबाट घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।








