काठमाडौं, १० भाद्र । पूर्वराजा ज्ञानेन्द्र शाहले रसुवा जिल्लाको भोटेकोशी बाढीमा आएको क्षतिका कारण आफूलाई दुःखित बनाएको बताउनुभएको छ ।
देशबासीका नाममा सन्देश जारी गर्दै शाहले सुरक्षाकर्मीसहित बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
“प्राकृतिक विपत्तिको यस दुःखद घडीमा खोजी, उद्धार, राहत तथा उपचारका कार्यमा कुनै कमी हुन नदिन सम्बन्धित सबै निकायलाई आग्रह गर्दछौँ। साथै, सरकार, सुरक्षा निकाय, राष्ट्रसेवक, स्थानीय तह, सामाजिक सङ्घ(संस्था तथा आम नागरिक सबैले आ(आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्दै विपत्तिमा परेकाहरूको उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन एकजुट हुन हामी आग्रह गर्दछौँ,” पूर्वराजाको विज्ञप्तिमा भनिएको छ।
पूर्वराजा शाहले छिमेकी समेत देशलाई प्रत्यक्ष प्रभाव पार्ने विपद्मा त्रिदेशीय प्रयास उचित हुने सुझाव समेत दिनुभएको छ।








