काठमाडौँ, ११ भदौ(रासस): अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल बिहीबार बिहान ९ः१५ बजेदेखि डार्विनस्थित गार्डेन ओभलको मैदानमा सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ । नेपालले सुरुआती दुई खेलमा पराजय व्यहोर्दा पछिल्लो दुई खेलमा लगातार जित दर्ता गरेको थियो ।
नेपालले आफ्नो तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीविरुद्ध ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी) विरुद्ध चार विकेटको जित निकालेको थियो ।
नेपालले पहिलो र दोस्रो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध ८ विकेट तथा बङ्गलादेश हाइपर्फमेन्स–११ विरुद्ध ९ विकेटको पराजय व्यहोरेको थियो ।
सेमिफाइनलमा पुग्न आजको खेल नेपालका लागि महत्वपूर्ण छ । ताजा स्थितिमा नेपाल चार अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । उता हैदराबादसँग पनि चार अङ्क नै छ । उसले पनि चार खेल खेल्दा दुईमा जित र दुई खेलमा पराजय व्यहोरेको छ ।
—जयप्रकाश आनन्द २७ अगस्टमा काठमाडौंमा हुन लागेको NDTV World ‘Anviksha: Ideas Across Borders—The India-Nepal Dialogue’ लाई सामान्य सञ्चारमाध्यमीय कार्यक्रमका रूपमा हेर्न मिल्दैन। आयोजककै भाषामा यो एउटा यस्तो संवाद हो, जसले […]
काठमाडौँ, ३२ असारः इजरायलमा सुसारेका रूपमा काम गर्न निकट भविष्यमा ८ सय ३६ जना इजरायल जाने भएका छन् । इजरायलको जनसङ्ख्या तथा अध्यागमन प्राधिकरणले आज नेपालका लागि इजरायलका राजदूत श्मुलिक […]
काठमाडौँ, ११ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । […]
Kathmandu, May 29: The International Sagarmatha (Mt. Everest) Day is being celebrated today with different programmes. This day is marked on May 29 every year to commemorate the first ascent […]