काठमाडौं, १३ भाद्र । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हुनगएकोे जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति गहिरो दुखःव्यक्त गर्दे प्राइम कमर्सियल बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेको हो । बैंकले नगद सहयोगको अलवा .७ लाख बराबरको बिभिन्न खाद्यान्न सामाग्री पनि प्रदान गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग शुक्रवार अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो । अर्थ मन्त्रालयमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु र मुख्य कार्यकारी अधिकृत लगायतको पनि उपस्थिति रहेको थियो । ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरुको उद्धार,राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको जनाएको छ ।
प्राइम कमर्सियल बैंकले देशमा आएका प्रकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायहरुलाई आवश्यक सहयोग गर्दे आएको छ । यसअघि पनि बैंकले विभिन्न प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरुको राहत,उद्धार तथा पुनःस्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगहरु प्रदान गर्दे आएको छ ।
बैंकले प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायहरुको राहत र पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्वन्धित निकायसँग सहकार्य गर्दै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।








