Prakash Adhikari August 29, 2026

काठमाडौं, १३ भाद्र । भोटेकोशी र त्रिशुली नदीमा आएको प्रलयकारी बाढीको उद्गमका बारेमा विश्वसनीय तस्वीर सार्वजनिक भएको छ ।

चिनिया नागरिक डा गुवसियो चड.द्धारा ड्रोनबाट खिचिएको तस्वीरमा नेपाल चीन सीमा क्षेत्रको हिमाली भूभागमा भयानक हिमनदीको अग्रभागमा चिरा परेर वरफ चट्टानको पतनपछि नयाँ अवरोध ताल बनेको देखिन्छ । नेपाली सीमावर्ति क्षेत्रको हिमाल र हिउँनदीबाट खसेको ठूलो मात्राको बरफ, चट्टान र हिमाली क्षेत्रको माटोसहितको पहिरो तिब्बततिरबाट नेपालतर्फ बग्दै आएको ल्हेन्दे खोलामा मिसिएको थियो । यही हिउँ, ढुंगा र माटो आएर ल्हेन्देखोला थनिदा त्यहाँ पनि ताल बन्न पुग्यो र त्यो तालको पानी एकसाथ फुट्दा ल्हेन्दे खोला, भोटेकोशी हुँदै प्रलयकारी बाढी त्रिशुलीमा पस्यो । यसले केरड. नाकादेखि नै विध्वंस मच्चायो । सीमावर्ती टिम्बुरे बजार, बेत्रावती सबै सोत्तर बनायो ।

समुन्द्रमा सुनामी जसरी आएको यो विनासकारी बाढीले त्रिशुली नदीमा बनिरहेका थुप्रै जलविद्युत आयोजनाका बाँधसहितका संरचनाहरु बगायो । यसले तल्लो तटमा पानीको बहाव झन तीव्र बन्न गयो । यस्तो सुनामी आउला भन्ने कल्पना नै नगरेका ती आयोजनामा कार्यरत कर्मचारी र मजदूरहरु बाढी आयो भाग भन्दा पनि अलमलिए । अहिले धेरै सम्पर्कविहिन अवस्थामा छन् ।

बाढीले नुवाकोटको त्रिशुली बजारसम्मै ठूलो विनास गरेको छ । मानवीय क्षति पनि ठूलो भएको छ ।

हिमपहिरोको यही विनाशकारी घटनापछि आएको भीषण बाढीले केरुङ नाका आसपास हुँदै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँका त्रिशूली तटीय क्षेत्रमा ठूलो असर पारेको छ ।

बाढीले नदी किनाराका सडक, नदीमाथिका पुल बगाएको र जलविद्युतका सुरुड.मा लेदो थुपारेर मुख थुनेकोले वेपत्ताहरुको खोजी र उद्धार कठिन हुन गएको छ ।

Share Now