Prakash Adhikari September 1, 2026

काठमाडौं, १६ भाद्र । रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढी प्रभावितका लागि नेपाल इन्स्योरेन्स कम्पनीले ५० लाख सहयोग गरेको छ ।

कम्पनीले बाढीका कारण भएको जनधनको अपुरणीय क्षतिमा राहत स्वरूप आफ्नो संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत रू.५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग प्रदान गरेको हो।

बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत गरेको जनाएको छ।

कम्पनीले यस दुःखद् घटनामा ज्यान गुमाउनेहरूप्रति कम्पनीले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ, साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनर्स्थापनाको कामना पनि गरेको छ।

Share Now