
पोखरा(कास्की),१० कार्तिक । नेपालको घरेलु क्रिकेट टीमको सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिगको प्रारम्भिक नजिता निकै रोचक निस्कन थालेको छ ।
समुद्घाटन खेलमा सन्दीप लामिछानेको नेतृत्वमा विराटनगर टाईटनलाई शरद भेषवाकरको नेतृत्वमा रहेको पोखरा पल्टनले ५८ रनले पराजित गरे जस्तै शनिवार बिहान भएको पहिलो खेलमा सोमपाल कामीको नेतृत्वमा रहेको बुटवल ब्लास्टर्सले नेपाली राष्टिय टीमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजलाई ७० रनले पराजित गरेको छ ।
पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो ।
निकै खराव सुरुवात गरेको बुटवलले मात्र दुई रन हुँदा पहिलो विकेट गुमायो । उसका विदेशी खेलाडी चिराग सुरी मात्र एक रनमा आउट भए ।
त्यसपछि क्रिजमा आएका अर्का विदेशी खेलाडी रोहन मुस्तफा खाता खोल्न नपाउँदै आउट भएपछि दुई रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसको लगत्तै भिम सार्की दुई रनमा आउट भएपछि बुटवलले १० रनमा तेस्रो विकेट गुमाउन पुग्यो ।
त्यसपछि चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । सागर ४६ रनमा पेभेलियन फर्किएपछि बुटवलले ७८ रनमा चौथो विकेट गुमाउन पुग्यो ।
त्यसपछि शंकर राना ४८ रनमा आउट हुँदा बुटवलले एक सय २८ रनमा पाँचौ विकेट गुमायो । शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।
जवाफमा सोमपालको उत्कृष्ट बलिङका कारण चितवन १६ ओभर ५ बलमा ६५ रनमा अलआउट भयो । पारस खड्काको कप्तानीमा रहेको चितवनको सुरुवात पनि निकै खराव रह्यो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोडे । खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको उसले १९ रन बनाउदा ५ विकेट खेर फालेको थियो ।
चितवन राइनोजका तीन खेलाडीले खाता खोल्न सकेनन । सोनु तामाङ अनिलकुमार शाह र आरिफ शेख शून्य रनमा आउट भए भने कप्तान पारस खड्का १० रनमा । स्मिथ पटेलले दुई रन बनाए । त्यसपछि सन्नी पटेलपनि ९ रनमा आउट भएपछि २१ रनमा ६ विकेट झर्यो । बुटवलका बलर सामु निरिह देखिएको चितवनले २७ रन बनाउदा ८ विकेट झर्यो ।
करण केसी ७ रनमा आउट हुदा हरिशंकर शाह १ रनमा पेभेलियन फर्किए । बलिङतर्फ सोमपाल कामीले चार तथा ललित भण्डारीले दुई विकेट लिए । यस्तै रोहन मुस्तफाले एक विकेट हात पारे ।
चितवन राइनोज
पारस खड्का
अनिलकुमार शाह
भुवन कार्की
रामनरेश गिरी
करण केसी
आरिफ शेख
सोनु तामाङ
हरीशंकर शाह
शक्ति गौचन
सन्नी पटेल
सुमीत पटेल
बुटवल ब्लास्टर्स
सोमपाल कामी
सिद्धान्त लोहनी
ललितसिंह भण्डारी
शंकर राना
सागर पुन
भिम शार्की
प्रकाश केसी
अविनाश बोहरा
विपिन खत्री
रोहन मुस्तफा
चिराग सुरी