काठमाडौं, १८ कार्तिक। गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न लगाइदिनुभएको छ।
अपवादका घट्नाबाहेकआइजीपीलाई गृह सचिवले दर्ज्यानी चिह्न लगाउने परम्परा रहँदै आएको छ । यसपालि गृहमन्त्री गुरुङ स्वयंले फुली लगाइदिनुभयोे।
मन्त्रीको रूपमा बहाल भएपछि प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले आइजीपीको दर्ज्यानी चिह्न गृहमन्त्री वा प्रधानमन्त्रीले नै लगाउने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
प्रहरी संगठनभित्र पनि लामो समयदेखि आइजीपीलाई मन्त्री वा प्रधानमन्त्रीबाटै फुली लगाइनुपर्ने आवाज उठ्दै आएको थियो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको ३४ औँ महानिरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। सोही बैठकले बहालवाला आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्री बालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै केसीलाई आइजीपी बनाउने बाटो खुला गरेको थियो।







