Prakash Adhikari November 21, 2026

धनुषा, ५ मङ्सिर : मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णलेले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार दिउँसो ४ बजेसम्मको समय दिइएको थियो ।

तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले मुख्यमन्त्री पदका लागि दाबी पेस नगरेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यससँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ । नवनियुक्त मुख्यमन्त्री यादवले अब प्रदेशसभाबाट संविधानले तोकेको समयभित्र विश्वासको मत लिनुपर्नेछ ।

Share Now