Prakash Adhikari November 25, 2018

 

सारजहाँ(यूएई), ९ मंसिर । नेपाली क्रिकेट स्टार सन्दिप लामिछानेले यूएईमा भैरहेको टी १० प्रतियोगिताको तेस्रो खेलमा पनि दुई विकेट लिएका छन् तर बर्षाको कारण उनको टीम केरला नाइट्स र राजपुत्स बीचको खेल नतिजाबिहिन भएको छ।

खेलमा टस जितेर केरलाले राजपुत्सलाई ब्याटिंग गर्न निम्त्याएको थियो। राजपुत्सले ९ ओभरको समाप्तिमा ९४ रन बनाएर ५ विकेट गुमाउदा वर्षाको कारण खेल रोकिन पुग्यो र पुनः सुचारु हुन नसक्दा नतिजा बिहिन हुनपुग्यो।

केरलाको लागि सन्दिप लामिछाने र फाबियन एलेनले समान २/२ विकेट र मोहम्मद नाबेदले १ विकेट लिए।

खेलमा पहिलो ओभर बलिङ्ग गर्न आएका सन्दिपले आफ्नो लयलाई कायम राख्दै विकेटको साथै किफायती बलिङ्ग समेत गरे।

सन्दिपको ओभरको पहिलो बलमा मोहम्मद सहजादले १ रन लिंदै कप्तान ब्रेण्डन म्याकलमलाई स्ट्राइक दिएका थिए जसपछि लगातार २ बलमा रन बनाउन चुकेका म्याकलमले चौथो बलमा १ रन लिंदै पुनः सहजादलाई स्ट्राइक दिएका थिए।

ओभरको पाँचौ बलमा सहजादले रुम बनाएर अफ(साइडमा खेल्न खोजेको सटमा उनि सर्ट( एक्स्ट्रा कभरमा समातिन पुगेका थिए। यसरी सन्दिपले प्रतियोगिताको विकेट संख्या ५ पुर्याएका थिए।

प्रतियोगिताको पहिलो खेलमै १६ बलमा ८ छक्का र ६ चौका प्रहार गर्दै ७४ रन बनाएका सहजाद जस्ता खतरनाक ब्याट्सम्यानको ठुलो विकेट लिएपछि सन्दिपले पुनः आफुलाई महत्वपूर्ण सावित गरेका हुन्।

पहिलो ओभरमा सन्दिपले मात्र ६ रन खर्चेर १ विकेट लिए जसमा पनि ओभरको अन्तिम बलको चौका ब्याट्सम्यानको भित्रि किनारा लागेर विकेटकिपरको पछाडी गएको थियो।

सातौँ ओभरमा बलिड. गर्न मैदानमा आएका सन्दिपलाई ओभरको पहिलो र दोश्रो बलमा लौरिया इभान्सले छक्का प्रहार गरे। त्यसपछि तेश्रो बलमा १ रन लिएपछि स्ट्राइकमा वेस्ट इन्डिज स्टार खेलाडी कार्लोस ब्राथवेट आए।

ब्राथवेटलाई सन्दिपले पहिलो बलमै अर्का वेस्ट इन्डिज स्टार काइरन पोलार्डको हातबाट बाउन्ड्रीमा क्याच आउट गराए र खेलमा टिमलाई चौथो र व्यक्तिगत विकेट संख्या २ पुर्याए।

ओभरको पाँचौ बलमा बेन डंकले रन बनाउन सकेनन् भने अन्तिम बलमा चौका प्रहार गरे पछि सन्दिपले आफ्नो २ ओभरमा २३ रन खर्चेर २ विकेट लिए।

राजपुत्सको इनिंगमा लौरी इभान्सले अविजित ३८ रन ( १९ बल, २ चौका र २ छक्का ) बनाएर ब्याटिंग गरिरहेका थिए भने कप्तान म्याकलम र रोस्सोउ २१ रन बनाएर आउट भएका थिए।

Share Now

Leave a comment.