हंगकंग, २१ मंसिर । हंगकंगमा शनिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएन) एसिया प्यासेफिकको सम्मेलन सुरु हुने भएको छ ।
सम्मेलनका लागि विश्वभरका नेतृत्व तहका एनआरएनहरु हङकङमा आईरहेका छन् । सम्मेलन यही मंसिर २० देखि २१ गते (डिसेम्बेर ८ र ९ तारिख)सम्म हुनेछ ।
एनआरएन एसिया प्यासेफिक सम्मेलन तयारी समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका)ले दिएको जानकारी अनुसार सम्मेलनको लागि एनआरएन एसिया प्याशेफिक संयोजक किरण थापा, एनआरएन प्रवक्ता भुषणा घिमिरे, एनआरएन ओसनीया क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी पुगिसक्नुभएको छ ।
सम्मेलनमा एनआरएनका संस्थापकअध्यक्षदेखि पूर्वअध्यक्ष आइसिसी पदाधिकारीसमेतको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमा क्षेत्रीय समितिमा आबद्ध चीनसहितका प्रतिनिधि गरि तीन सयभन्दा बढीको सहभागिता हुने अध्यक्ष टिका गुरुङले बताउनुभयो ।


















