सानो ठिमी(भक्तपुर), २१ मंसिर । शिक्षक सेवा आयोगले भोजपुर र अछाम जिल्लाबाट कार्यरत अस्थायी शिक्षकबाट स्थायी हुन २०७५ असार ३० गते लिइएको परीक्षामा सम्मिलित शिक्षकहरुको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले बिहिबार सो नतिजा आफ्नो वेभसाईटमा राखेको थियो ।
पास हुनेहरुको नामावली हेर्नुहोस् :
आयोगले परीक्षामा उत्तीर्ण शिक्षकहरुलाई अन्तरवार्ताको लागि देहायका मिति, समय र स्थानमा उपस्थित हुन सूचित गरेको छ ।
भोजपुरबाट परीक्षामा सहभागी भएका शिक्षकहरुको अन्तरवार्ता शिक्षा विकास तथासमन्वय इकाइ,धनकुटामा हुनेछ ।
१०२ पुरै र वि.नं १०३ को सि.नं. १ देखि ३२ सम्म मिति २०७५/०९/१९ गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि वि.नं १०३ को सि.नं. ३३ देखि १४२ सम्म मिति २०७५/०९/२०गते विहान ८ः०० वजेदेखि र दिउँसो १ः०० वजदेखि
त्यस्तै अछामबाट परीक्षा दिने शिक्षकहरुको अन्तर्वार्ता शिक्षा विकास तथा समन्वय इकाइ, डोटीमा हुने छ ।
१०१ र १०२ को मिति २०७५/०९/१८ गते विहान ८ः०० वजेदेखि र दिउँसो१ः०० वजदेखि र १०३ को मिति २०७५/०९/१९ गते विहान ८ः०० वजेदेखि र दिउँसो१ः०० वजदेखि
आयोगले परीक्षाको नतिजामा चित्त नबुझ्ने शिक्षकहरुलाई पुनर्योगका लागि मंसिर २९ गतेसम्म आयोगको सानोठिमीस्थित कार्यालयमा प्रवेशपत्रको प्रतिलिपी र २५० तिरेर निवेदन दिन पनि अनुरोध गरेको छ ।








