
पेरिस (फ्रान्स), २८ पुस । पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावटका कारण शनिबार शक्तिशाली विस्फोट भएको छ ।
घटनामा कम्तिमा १२ जना घाइते भएका उद्धारमा सहभागी अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
“घटनामा तीन अग्नि नियन्त्रकसहित १२ जना गम्भीर घाइते भएका छन् भने २४ जनालाई सामान्य चोट लागेको छ,” अग्नी नियन्त्रण कार्यालय पेरिसका कमान्डर इरिक मौउलिनले समाचार सङ्कलनका लागि घटनास्थल पुगेका सञ्चारकर्मीलाई बताउनुभयो ।
“घाइतेमध्ये दुई अग्नी नियन्त्रक अधिकारी र तीन सर्वसाधारणलाई विस्फोटबाट गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था निकै कमजोर अवस्थामा रहेको छ,” उहाँले बताउनुभयो ।
घटनाबारे अनुसन्धान भइरहेको र यसबारे थप विवरण पछि दिइने प्रहरीले जनाएको छ ।
पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावट नियन्त्रण गर्ने क्रममा आगोले जलेर घाइते भएका दुई अग्नि नियन्त्रकको उपचारका क्रममा शनिबार निधन भएको छ ।
ग्यास चुहावटलाई नियन्त्रण गर्ने क्रममा भएको विष्फोटमा आगोले जलेर सख्त घाइते बनेका दुई उद्धारकर्मीको निधन भएको पेरिसको अभियोजनकर्ताको कार्यालयले जनाएको छ ।
घटनामा कम्तिमा ३७ जना घाइते भएका थिए । घाइतेमध्ये १२ जना गम्भीर रूपमा घाइते भएका थिए भने २४ जनालाई सामान्य चोट लागेको थियो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएकोमा दुई जनाको मृत्यु भएको पुष्टि भएको हो ।
यसअघि दिइएको जानकारीमा “घटनामा तीन अग्नि नियन्त्रकसहित १२ जना गम्भीर घाइते भएका र २४ जनालाई सामान्य चोट लागेका छ ,” अग्नी नियन्त्रण कार्यालय पेरिसका कमान्डर इरिक मौउलिनले समाचार सङ्कलनका लागि घटनास्थल पुगेका सञ्चारकर्मीलाई बताउनुभयो । (रासस।एएफपी)