Prakash Adhikari January 20, 2019

 

 

काठमाडौं, ६ माघ । चिकित्सा शिक्षा गुणस्तरीय र सुलभ बनाउन १६ औं पटक आमरण अनशनमा बस्तुभएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. गोविन्द के.सी.को अनशन र खस्कदै गएको उहाँको स्वास्थ्थप्रति वेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि सात दिने स्वीजरल्याण्ड भ्रमणमा निस्कने हुनुभएको छ ।

 

संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयकमा आफूेसँग १५ औं अनसनका बेलामा भएको सहमतिअनुसारका प्रावधानहरु समेटिनु पर्ने लगायत माग राखेर १२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसी अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आइसियूमा उपचाररत हुनुहुन्छ ।

 

पुस २५ देखि इलाममा अनसन बस्नुभएका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि शुक्रबार बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइ  त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको थियो।

 

 

अस्पतालका क्रिटिकल केयर स्पेसियलिस्ट समेत रहेका डाक्टर सुवास आचार्य नेतृत्वको चिकित्सक समूहले डा. केसीको स्वास्थ्यको चेकजाँच गरिरहेको छ ।

आइसियुमा उपचाररत रहदा पनि  आमरण अनसनलाई निरन्तरता दिइरहनुभएका डा. के.सी.को छातीमा देखिएको संक्रमणलाई नियन्त्रणमा ल्याउन एन्टिबायोटिक पनि चलाइएको थियो। चिकित्सकहरूका अनुसार डाक्टर केसीको रक्तचाप न्युन छ भने रगतमा अक्सिजनको मात्रा कम भएकाले अक्सिजन दिनुपरेको छ।

 

 

डा.के.सी.का सहयोगी डा अभिशेष सिंहका अनुसार निमोनियाका केही सुधार आए पनि उच्च जोखिम कायमै छ ।

 

सरकारका प्रवक्तासहित नेपाल कम्युनिष्ट पार्टीआबद्ध सांसदरुले सरकारले उहाँको माग पूरा भइसकेको बताए पनि डा.सिहले डा केसीका माग पूरा भइसकेका छन्  भनेर  भ्रम छर्ने काम भएको र सरकारबाट सम्झौता तोडिएको आरोप लगाउनुभयो । उहाँले संसदमा प्रस्तुत भएको चिकित्सा शिक्षा विधेयकमा धेरै तोडमोड भएको बताउनुभयो ।

प्रम ओली डाभोसतिर

 

संसारका खर्बपतिहरुको क्लब मानिने विश्व आर्थिक मञ्चको बैठक स्वीटजरल्यणडको पहाडी इलाका डाबोसमा सुरु भएको छ ।

 

मंगलबारदेखि औपचारिक रुपमा हुने बैठकमा संसारका सम्पन्न र विकसित देशका सरकार प्रमुख, राष्ट्रप्रमुख तथा २ हजार बढी व्यापारिक संघ संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

 

सो बैठकमा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल आज साँझ त्यसतर्फ प्रस्थान गर्दैछ । सात दिवसीय भ्रमणमा निस्कने प्रधानमन्त्री ओलीको माघ १२ गते स्वदेश फर्कने कार्यक्रम  छ।

 

विश्वका आर्थिक रुपमा सम्पन्न राष्ट्रका राष्ट्र प्रुमख तथा सरकार प्रमुखको समेत सहभागिता रहने उक्त बैठकमा आर्थिक परिदृश्य र त्यसका विविध आयमका बारेमा छलफल हुने र एउटा निचोड दिने कार्यक्रम तय भएको छ ।

 

उक्त बैठकमा नेपालका प्रधानमन्त्री ओलीले दुई वटा सत्रलाई विशेष सम्बोधेन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयकाअनुसार बैठकमा प्रधानमन्त्रीले दक्षिण एशियामाथिको रणनीतिक दृष्टिकोण र लोकतन्त्रको भविष्य दिशानिर्देश विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्ने गरि अगाडि बढेका नीति तथा कार्यक्रमलाई बढावा दिन र नेपालमा लगानीका थप सम्भवना खोज्न बैठक फलदायी हुने विश्वास समेत लिइएको छ ।

 

स्वदेशी लगानीकर्ता र नेपालमा लगानी गरिरहेका लगानीकर्ताहरु नै वर्तमान नेपाल कम्युनिष्ट पार्टी र उसको नेतृत्वमा बनेको सरकारको आर्थिक नीति खास गरि सम्पत्तिमाथिको अधिकारको बारेमा विश्वस्त हुन नसकेको अवस्थामा स्वेदेशमा नै लगानीयोग्य ऐन,कानूनहरुको निर्माण र लगानीकर्ताका सरोकारका विषय संबोधन नगरिकन समृद्ध नेपाल र सुखी जनताको सपना पूरा गर्न विश्व आर्थिक मञ्चमा लगानीकर्ता गुहार्नु केवल विश्वभ्रमणको निहुँमात्र सिद्ध हुने निश्चित जस्तै छ । किनकी नेपालमा विदेशी लगानी निवेश गर्न र चाहिएको बेला विनिवेश गर्ने विषय अति राष्टबादका कारण सधै विवादित बन्दै आएको छ ।

Share Now

Leave a comment.