
काठमाडौं, ४ फागुन । थाइल्याण्डमा आयोजना हुने आइसीसी महिला टी–२० विश्वकप एशिया क्षेत्र छनोटका लागि खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।
टीममा अप्सरी बेगमले पहिलो पटक स्थान बनाएकी छिन । उनले यसअघि टिममा रहेकी डल्ली भट्टलाई विस्थापित गरेकी छन् ।
यसअघि थाइल्याण्डमा भएको टि–२० ब्लिजमा अप्सरी टिममा थिइनन् ।
विश्वकप छनोटमा सहभागिता जनाउने टिममा रुवीना क्षेत्रीको कप्तानी रहेको टिमको तयारी अन्तिम चरणमा पुगेको छ । यहि १८ तारिखदेखि सुरु हुने प्रतियोगिताका लागि नेपाली टिम दुई दिन अगाडी थाइल्याण्ड प्रस्थान गर्नेछ । विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टिम यस्तो छ :
नेपाली टिम
रुवीना क्षेत्री (कप्तान)
सिता रानामगर (उपकप्तान)
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती विडारी
काजल श्रेष्ठ
रोमा थापा
कविता कुवँर
ममताकुमारी चौधरी
विन्दु रावल
प्रतियोगितामा नेपालले पहिलो खेल मलेसिया विरुद्ध खेल्ने भएको छ । नेपालले प्रतियोगिताको पहिलो खेलमा मलेसिया विरुद्ध १९ फेब्रेवरीमा खेल्नेछ । थाइल्याण्ड क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिकामा नेपालको दोस्रो भिडन्त २१ तारिखमा घरेलु टिम थाइल्याण्ड विरुद्ध हुनेछ भने तेस्रो खेलमा २२ तारिखमा युएईसँग खेल्नेछ । त्यसपछि नेपालको प्रतिद्धन्द्धी हङकङ रहेको छ । यस्तै लिगको पाँचौ खेलमा नेपालले चीनसँग खेल्नेछ ।
लिगको अन्तिम खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । यो प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टिमले ग्लोबल क्वालिफायर्समा खेल्नेछन् ।