Prakash Adhikari February 22, 2019

 

शारजहाँ(संयुक्त अरब इमिरेट्स),१० फागुन । नेपाली क्रिकेट स्टार सन्दीपले डेब्यू खेलमा नै३ विकेट लिएको पाकिस्तानको घरेलु लिग अन्तरगतको चर्चित पाकिस्तान सुपर लिग अन्तरगतको १० औं खेल तथा नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध लाहोर क्वालान्दर्सको चौथो खेलमा लाहोरले प्रतिस्पर्धी मुल्तान सुल्तानलाई ६ विकेटले पराजित गरेको छ ।

संयुक्त अरब इमिरेट्सको शारजहाँस्थित क्रिकेट मैदानमा टस जितेर फिल्डिड. रोजेको नेपाली क्रिकेटर सन्दीप आबद्ध लाहोर क्वालन्दर्सले प्रतिस्पर्धी मुल्तान सुल्टानले दिएको २०१ रनको लक्ष्य ४ विकेटको क्षतिमा २०४ रन जोडेर पूरा गर्यो ।

सन्दीप आबद्ध लाहोर क्वालन्दर्सका लागि फकर जमानले ६३, एबी डे भिलियर्सले ५२, डी वेल्सले ४५,सलमान बटले १७, सोहिल अख्तरले १०,अघा सल्मानले २ र बीआरएम टेलरले १ रनको योगदान गरे ।

बलिड.मा जुनेद खानले ३ र मोहम्मद ल्यासले १ विकेट लिए ।

https://youtu.be/zVwi1_TJ0OM

 

यस पहिले टस हारेर ब्याटिड. गरेको मुल्तान सुल्टानले ६ विकेटको क्षतिमा २ सय रनको योगफल बनाएको थियो । मुल्तान सुल्तानका लागि जिम भिन्सले ८४, उमार सिद्धिकले ५३, डीटी क्रिश्चियनले २१,एलजे इभान ८, एडी रसेल ७, मोहम्मद इफ्रान ४ र मोहम्मद आजमले २ रनको योगदान गरेका थिए ।

जितेर फिल्डिड. रोजेको सन्दीपको लाहोर क्वालान्दर्सलाई विकेट लिन निकै कठिन भएको थियो । लामिछानेले पहिलो सुरुआती खेलमा पहिलो विकेट लिएका छन् ।

उनले निवार्ध सतक काटेको मुल्तान सुल्तानका विरुद्ध तीन विकेट लिएका हुन । उनले १२ औं ओभरको पाँचौ बल र १४ औं ओभरको अन्तिम बल र १६ औ ओभरको तेस्रो बलमा विकेट लिएका थिए ।

शारजहाँ क्रिकेट मैदानमा आज ५ :१५ मा सुरुभएको खेलमा नेपाली खेलाडी सन्दीप आबद्ध लाहोर क्वालन्दर्सले टस जितेर फिल्डिड। रोजेको थियो ।

Pakistan Super League

TEAM M W L PT NRR
QG 3 3 0 6 0.682
PZ 3 2 1 4 1.922
LQ 4 2 2 4 -0.871
MS 4 1 3 2 -0.158
IU 3 1 2 2 -0.299
KK 3 1 2 2 -0.983

यस खेल पहिले प्रतियोगिताको पुछारमा रहेको सन्दीपको लाहोर यो खेलको विजयसंगै ६ टिम मध्ये तेस्रो स्थानमा उक्लिएको छ ।

Share Now

Leave a comment.