Prakash Adhikari February 22, 2019

पोखरा, १० फाल्गुन। हिमालयन शेर्पा क्लब जारी १७ औं आहा रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा शेर्पाले धरान फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै क्वाटरफाइनल स्थान सुरक्षित गर्यो । पोखरा रंगशालामा भएको खेलमा शेर्पाको जितमा त्रिदेव गुरुङले दोस्रो हाफको ७६ औं मिनटमा एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता त्रिदेव गुरुङ खेलको म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तरगत फागुन ११ गते शनिबारको खेल लिग च्याम्पियन सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुने आयोजकले जनाएको छ ।

Share Now

Leave a comment.