Prakash Adhikari March 17, 2019

काठमाडौं, ३ चैत्र । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नि सीता दाहालको उपचारका लागि आज अमेरिका प्रस्थान गर्दै हुनुहुन्छ ।

झण्डै १० दिन लामो अमेरिका बसाइका क्रममा उहाँले राजनीतिक भेटघाट समेत गर्ने बताइन्छ ।

भेनेजुयलामा हालै भएको विवादस्पद निर्वाचनको नतिजा सार्वजनिक भएपछि संयुक्त राज्य अमेरिकाले कथित चुनावमा विजयी भएका राष्ट्रपति निकोलस मडुरोलाई मान्यता नदिइकन राष्ट्रिय सभाका अध्यक्ष तथा विपक्षी नेता हुवाँ गुइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि नेकपा अध्यक्ष समेत रहेका प्रचण्डले त्यसको विरोधमा वक्तब्य दिनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको स्वीजरल्याण्डको डाभोसमा भएको सम्मेलनमा सहभागिता जनाइरहेको बेलामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संयुक्त अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको भाषालाई केही सच्याएर पार्टीले सच्याएर अर्को विज्ञप्ति निकालेको थियो।

भेनेजुयला प्रकरणको विज्ञप्त्लिाई प्रचण्डको व्यक्तिगत अभिव्यक्ति भनेर भनिए पनि पार्टीद्धारा सच्याइएको पछि सरकारले प्रकाशित गरेको विज्ञप्ति पनि प्रचण्डकै अभिव्यक्तिको वरिपरि केन्द्रित रहेका थिए ।

पार्टी अध्यक्षको तर्फबाट जारी गरिएको विज्ञप्तिलाई व्यक्तिगत धारणा भनेपछि त्यसले सत्तारुढ दलका दुई अध्यक्षकाबीचमा पनि तिक्तता ल्याएको थियो ।

अमेरिकाले समेत विशेष चासो राखेको यो विषय सामसुम भएपछि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अध्यक्ष प्रचण्डलाई निवासमै पुगेर भेट गरी प्रचण्डलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको थियो।

एक मात्र छोरा प्रकाश दाहालको निधनपछि लामो समयदेखि बिरामी पर्दै आएकी सीतालाई सिंगापुर, थाइल्याण्ड, र भारत लगेर उपचार गरे पनि सञ्चो नभएपछि अमेरिका उपचारको प्रबन्ध मिलाइएको हो ।

सिताको अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा उपचार गर्ने प्रबन्ध मिलाइएको छ।

आमाको हेरचाह र उपचारका लागि प्रचण्ड दम्पत्तिका साथ छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जाने भएका छन् ।

Share Now

Leave a comment.