विराटनगर(मोरड.),६ चैत्र। प्रतिस्पर्धी श्रीलंकालाई ४-० ले पराजित गर्दै विराटनगरमा भैरहेको साफ महिला च्याम्पियनसीपमा नेपाली राष्ट््िरय महिला टोली फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बिराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलमा सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई हराउँदै उपाधि नजिक पुगेको हो ।
नेपालका लागि पहिलो गोल पुनम जर्घा मगरले ४२ औं मिनटमा गरेकि थिइन ।
BREAKING: Nepal Mauls Sri Lanka To Enter FINAL 🇳🇵🇳🇵#Cheli #Nepal #GoalNepal pic.twitter.com/zao5iaw9xi
— GoalNepal.com (@Goal_Nepal) March 20, 2019
दोस्रो हाफमा नेपालका लागि ७३ औं मिनटमा अनिता बस्नेतले दोस्रो गोल गरीन् भने ८२ औं मिनटमा साबित्रा भण्डारीले त्यो अग्रता तेब्बर पारिन । त्यस्तै ८६ औं मिनटमा रेखा पौडेलले नेपालका लागि चौथो गोल गर्दै घरेलु टोलीको शानदार जित पक्का गरेकि थिइन। यो उनको सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय फुटबलमा पहिलो गोल समेत थियो ।
नेपालले अब उपाधिका लागि बुधबार नै हुने भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल बिजेतासँग फाइनल खेल्नेछ ।
गत संस्करणको विजेता भारत हो भने बंगलादेश उपविजेता हो ।
फाइनल खेल शुक्रबार हुनेछ ।


















