काठमाडौं, ६ चैत्र । नेपालका चर्चित क्रिकेट स्टार सन्दीप लामिछाने भारतीय घरेलु लिगको सबैभन्दा प्रतिष्ठित मानिएको इण्डियन प्रिमियर लिग(आईपीएल)को १२ औं खेल्न आज बिहान दिल्ली प्रस्तान गरेका छन् ।
https://www.facebook.com/SandeepLamichhaneOfficial/posts/2166137940098374
दिल्ली प्रस्तान गर्नु पहिले मंगलबार एक पत्रकार सम्मेलन गर्दै सन्दीपले यसपटक दिल्ली क्यापिटल्सले उपाधि जित्नसक्ने संभावना रहेको बताए ।
टी २० खेलमा आफ्नो अन्तर्राष्ट््िरय यात्रा हंगकंगबाट सुरु भएता पनि फ्रेञ्चाइज लिगको अविराम यात्रा गत बर्षको आईपीएलबाटै भएको उनले बताए ।
वितेको एक बर्ष आफू खेलमा देशबाहिरै व्यस्त रहन परेको बताउदै उनले विभिन्न देशका घरेलु लिगमा खेल्दा विश्वका चर्चित खेलाडीहरुसंग खेल्न पाएको र त्यसले आफ्नो अनुभवमा निखार आएको बताए ।
उनले क्रिकेट मात्र नभएर टीममा खेलिने सबै खेलमा विजयको लागि हरेक सदस्यको उत्तिकै महत्वपूर्ण योगदान रहने स्पष्ट पारे ।
उनले आफूले हृदयदेखि चाहादा चाहादै र ज्यान फालेर कोशिस गर्दा पनि कहिलेकाही सोंचे अनुकूल परिणाम नआउने पनि बताए ।
नेपालको राष्ट््िरय टीमका महत्वपूर्ण सदस्य रहेका सन्दीपले आफू जुन देशको जुन क्लबबाट खेलेपनि आफ्नो खेल देशको इज्जत र प्रतिष्ठासंग जोडिने बताए । उनले देशको इज्जतसंग पनि जोडिने भएकोले आफूमाथि राम्रो खेल्ने दायित्व थपिएको उनले स्पष्ट पारे ।
https://www.facebook.com/WicketNepal/videos/2773734496000402/
एकजना खेलाडीले राम्रो प्रदर्शन गर्दा त्यसले समग्र खेल जगतमा देशको स्थानलाई प्रभावित बनाउने प्रसंग उठाउदै उनले भने मैले अवसर पाएका ठाँउमा राम्रो खेलेभने मैले मात्र हैन हाम्रा अन्य खेलाडी साथीहरुले पनि मौका पाउनुहुन्छ । सबैको लागि नयाँ संभावनाका ढोकाहरु खुल्छन् । नेपालमा पनि राम्रा खेलाडी छन भन्ने सन्देश जान्छ ।
२३ मार्चमा भारतको चेन्नईमा समुद्घाटन खेल हुने आईपीएल भारतका विभिन्न शहरहरुमा हुनेछ । नेपाली क्रिकेट स्टार सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले पहिलो खेल २४ मार्चमा वान्खडे मैदान मुम्बईमा मुम्बई ईन्डियन्ससँग खेल्नेछ ।
११ औं संस्करणको आइपीएल खेलमा आबद्ध भएर भारतीय भूमिबाट अन्तर्राँष्ट््िरय लिगमा एक फन्को मारिसकेको सन्दीपले सबैभन्दा पछि पाकिस्तान सुपर लिग खेलेका थिए ।
पाकिस्तान सुपर लिगका ७ खेलमा ११ विकेट लिएका सन्दीप पाकिस्तानको कराँचीमा खेलिएका दुई खेलमा भने विकेट बिहिन रहे । उनलाई पाकिस्तानको भूमि चाही फापेन ।
गत वर्ष दिल्ली डियरडेभिल्स प्लेअफ नपुग्ने भएपछिमात्र टीमले बाँकी खेलमा परिक्षण स्वरुप खेलाउदा उनले ३ खेलमा ५ विकेट लिएका थिए ।
त्यसपछि उनले हुरिकेन्स रिलिफ टी २० च्यालेञ्जमा वेष्ट इण्डिज विरुद्ध बाँकी विश्व ११का तर्फबाट खेल्न पाए । क्यारेवियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड प्याट्र्यिोट्सका तर्फबाट, ग्लोबल टी २० क्यानडामा मन्ट््िरयल टाइगर्सका तर्फबाट, टी १० मा केरला किंग्स्का तर्फबाट, अफगानिस्तान प्रिमियर लिगमा नाग्नाहरबाट, अष्ट्र्ेलियाको चर्चित विग व्यासमा मेलवर्न स्टार्सबाट,बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्सबाट, पाकिस्तान सुपर लिगमा लाहोर क्वालान्दर्सबाट खेलेका थिए ।
३६ वटा टि २० खेलको अनुभव बटुलीसकेका सन्दिपले ६.८० को उत्कृष्ट इकोनोमीमा ४५ विकेट हात पारिसकेका छन्।
आफू सहभागी बनेका हरेक टि २० लिगहरुको सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा रहदै आएका सन्दीपले क्यारेबियन प्रिमियर लिगमा आफूले खेलका ५ खेलबाट ७ विकेट , ग्लोबल टि २० क्यानडा लिगमा ५ खेलबाट ८ विकेट , अफगानिस्तान प्रिमियर लिगको १ खेलबाट २ विकेट,अष्ट््रेलियाको बिग ब्यास लिगमा ८ खेलबाट ११ विकेट , बंगलादेश प्रिमियर लिगमा ६ खेलबाट ४ विकेट , पाकिस्तान सुपर लिगमा ७ खेलबाट ११ विकेट र टि१० लिगमा ६ खेलबाट ६ विकेट लिएका थिए ।

श्रेयर ऐरको कप्तानीमा रहेको दिल्ली क्यापिटलबाट यसपटक शिखर धवन, हुनमा विहारी, इशान्त शर्मा,ऋषव पन्त,सर्फेन रदरफोर्ड,पृथ्वी साह,कोलिन इन्ग्राम,अमित मिश्रा,जलाज सक्सेना, अभेष खाँ, अन्कुज बैन,हर्षल पटेल,नथुन सिंह,राहुल टिबटिया,बन्दरु आयेप्पा, जयन्त यादव,क्रिस मोरिस,मनजोत कालरा,कागिसो रावडा,कोलिन मुनरो, सन्दीप लामिछाने,अक्षर पटेल,ट्रेन्ट बोल्ट र किमो पौल खेल्दैछन् ।
टीमका व्यवस्थापक र कप्तानले सन्दीपलाई कति खेलमा मैदानमा उतार्छन र सन्दीपले कति राम्रो प्रदर्शन गर्दछन् । नेपाली क्रिकेट प्रेमी र नेपाली क्रिकेटको भविष्यमा चासो राख्नेहरुको ध्यान भारतको चर्चित घरेलु लिग आईपीएलतर्फ मोडिएको छ ।
अघिल्लो खेलमा राम्रो प्रदर्शन गरेकोले दिल्ली क्यापिटल्सले सन्दीपलाई खेलाडीहरुको अक्सन हुनुभन्दा पहिले नै आफ्नो टिममा यथावत राखेर उनलाई महत्वपूर्ण खेलाडीको रुपमा लिइएको सन्देश भने दिइसकेको छ ।
IPL 2019 SCHEDULE
MARCH 23 – APRIL 6
-
SAT-MAR-23
MA CHIDAMBARAM STADIUM, CHENNAI
MATCH 1 – 20:00 IST
CHENNAI SUPER KINGS VS ROYAL CHALLENGERS BANGALORE
-
SUN-MAR-24
EDEN GARDENS, KOLKATA
MATCH 2 – 16:00 IST
KOLKATA KNIGHT RIDERS VS SUNRISERS HYDERABAD
-
WANKHEDE STADIUM, MUMBAI
MATCH 3 – 20:00 IST
MUMBAI INDIANS VS DELHI CAPITAL
-
MON-MAR-25
SAWAI MANSINGH STADIUM, JAIPUR
MATCH 4 – 20:00 IST
RAJASTHAN ROYALS VS KINGS XI PUNJAB
-
TUE-MAR-26
FEROZ SHAH KOTLA, DELHI
MATCH 5 – 20:00 IST
DELHI CAPITALS VS CHENNAI SUPER KINGS
-
WED-MAR-27
EDEN GARDENS, KOLKATA
MATCH 6 – 20:00 IST
KOLKATA KNIGHT RIDERS VS KINGS XI PUNJAB
-
THU-MAR-28
M.CHINNASWAMY STADIUM, BENGALURU
MATCH 7 – 20:00 IST
ROYAL CHALLENGERS BANGALORE VS MUMBAI INDIANS
-
FRI-MAR-29
RAJIV GANDHI INTERNATIONAL STADIUM, HYDERABAD
MATCH 8 – 20:00 IST
SUNRISERS HYDERABAD VS RAJASTHAN ROYALS
-
SAT-MAR-30
PUNJAB CRICKET ASSOCIATION IS BINDRA STADIUM, MOHALI
MATCH 9 – 16:00 IST
KINGS XI PUNJAB VS MUMBAI INDIANS
-
FEROZ SHAH KOTLA, DELHI
MATCH 10 – 20:00 IST
DELHI CAPITALS VS KOLKATA KNIGHT RIDERS
-
SUN-MAR-31
RAJIV GANDHI INTERNATIONAL STADIUM, HYDERABAD
MATCH 11 – 16:00 IST
SUNRISERS HYDERABAD VS ROYAL CHALLENGERS BANGALORE
-
MA CHIDAMBARAM STADIUM, CHENNAI
MATCH 12 – 20:00 IST
CHENNAI SUPER KINGS VS RAJASTHAN ROYALS
-
MON-APR-01
PUNJAB CRICKET ASSOCIATION IS BINDRA STADIUM, MOHALI
MATCH 13 – 20:00 IST
KINGS XI PUNJAB VS DELHI CAPITALS
-
TUE-APR-02
SAWAI MANSINGH STADIUM, JAIPUR
MATCH 14 – 20:00 IST
RAJASTHAN ROYALS VS ROYAL CHALLENGERS BANGALORE
-
WED-APR-03
WANKHEDE STADIUM, MUMBAI
MATCH 15 – 20:00 IST
MUMBAI INDIANS VS CHENNAI SUPER KINGS
-
THU-APR-04
FEROZ SHAH KOTLA, DELHI
MATCH 16 – 20:00 IST
DELHI CAPITALS VS SUNRISERS HYDERABAD
- FRI-APR-05
M.CHINNASWAMY STADIUM, BENGALURU
MATCH 17 – 20:00 IST
ROYAL CHALLENGERS BANGALORE VS KOLKATA KNIGHT RIDERS



















