सानोठिमी(भक्तपुर),२२ चैत्र । परीक्षा अगावै प्रश्नपत्र बाहिरिएर स्थगित गरिएको प्रदेश २ अन्तरगतका विद्यालयहरुको माध्यमिक शिक्षा परीक्षा(एसईई)को बाँकी परीेक्षा आजदेखि पुन सञ्चालन हुने भएको छ ।
चैत्र १० गतेदेखि सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षा संचालनको क्रममा २०७५ साल चैत्र १४ गते संचालित अनिवार्य विज्ञान विषय र चैत्र १५ गते संचालन हुने अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्नपत्र पनि परीक्षा अगावै बाहिरीएपछि राष्ट्रिय परीक्षा बोर्डले चैत्र १५ गतेको निर्णय अनुसार १५ गतेदेखि चैत्र २१ गतेसम्म हुन बाँकी रहेका प्रदेश नं. २ अन्तर्गतका सम्पूर्ण परीक्षा केन्द्रहरूमा संचालन हुने परीक्षा स्थगित गरेको थियो ।
बोर्डले चैत्र १८ गते सूचना प्रकाशित गरेर स्थगित परीक्षा चैत्र २२ गतेदेखि पुन सञ्चालन हुने जानकारी दिएको थियो ।
स्थगित परीक्षा तालिका यस प्रकार रहेको छ ,
नेपाल सरकार
राष्ट्रिय परीक्षा बोर्ड
परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी, भक्तपुर
प्रदेश नं.२ मा रद्द र स्थगन गरिएको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना
(२०७५ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडबृद्धि तथा प्राविधिक)
२०७५ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को प्रदेश नं. २ अन्तरगत रद्द र स्थगित गरिएका परीक्षा तपसिल बमोजिमको समय तालिका
अनुसार सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
समय तालिका
परीक्षा सञ्चालन समय : बिहान ८.०० बजे देखि ११.०० बजेसम्म
मिति विषय
४ २०७५ साल चैत्र २२ गते शुक्रबार : अनिवार्य विज्ञान
५ २०७५ साल चैत्र २३ गत शनिबार : अनिवार्य सामाजिक अध्ययन
६ २०७५ साल चैत्र २४ गते आइतबार
अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा
वेदविद्याश्रमतर्फ ; कर्मकाण्ड/ फलित ज्योतिस
संस्कृततर्फ : अनिवार्य संस्कृत भाषा
प्राविधिक तर्फ : Aquaculture and Fisheries/Electrical Measurement and
Instrument/Computer Networks ⁄Engineering Surveying,Music of Nepal
७ २०७५ साल चैत्र २५ गते सोमबार
साधारण तथा संस्कृततर्फ : ऐच्छिक प्रथम पत्रका सवै विषयहरु,
वेदविद्याश्रमतर्फ : बेद वा नीतिशास्त्र
प्राविधिक विषयतर्फ : ऐच्छिक गणित (Optional Maths)
८२०७५ साल चैत्र २६ गते मंगलबार
साधारण तथा संस्कृततर्फ : ऐच्छिक द्वित्तीय पत्रका सबैविषयहरु
वेदविद्याश्रमतर्फ : ऐच्छिक द्वित्तीय पत्रका सबैविषयहरु
प्राविधिक विषयतर्फ :Vegetable and Medicinal plant Production ⁄ Dairy and Dairy Products⁄
Utilization of Electrical Energy⁄ Database management System⁄ Building Construction ⁄Music Technology
९ २०७५ साल चैत्र २७ गते बुधबार
प्राविधिक विषयतर्फ : Crop production⁄ Small Ruminant Production and Management ⁄
Electronic device and circuit ⁄Water resources Engineering⁄ Instrument Keyboard
१० २०७५ साल चैत्र २८ गते विहिबार
प्राविधिक विषयतर्फ : Industrial Entomology and Mushroom ⁄Animal health–II ⁄Electrical
Machine⁄ Microprocessor⁄ Highway Engineering⁄ Music Business and Program Management
११ २०७५ साल चैत्र २९ गते शुक्रबार
प्राविधिक विषयतर्फ : Floriculture and Nursery Management⁄ Veterinary Laboratory
Techniques⁄ Industrial Installation and Maintenance⁄ Object Oriented Programming⁄ Estimating Costing and Supervision⁄ Optional subject (Singing, Musical Instrument /Dance)
द्रष्टव्य
परीक्षासम्बन्धी कुनै कुरा स्पष्ट नभएमा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीको फोन नं. (६६३०७३९,
६६३००७०, ६६३११४६) मा सम्पर्क गर्न सकिनेछ । यो विवरण राष्ट्रिय परीक्षा बोर्ड को website: www.neb.gov.np मा पनि हेर्न
सकिनेछ ।
– परीक्षा नियन्त्रक


















