Prakash Adhikari April 15, 2019

हैदराबाद(आन्ध्र प्रदेश,भारत),२ बैशाख । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स भारतको चर्चित घरेलु लिग प्रतियोगिता इण्डियन प्रिमियर लिग(आईपीएल)को दोस्रो स्थानमा पुगेको छ ।

आईतबार सन राइजर्स हैदराबादविरुद्ध भएको ३० औं खेल जितेपछि दिल्ली आईपीएलको जारी १२ औं संस्करणमा आफूले खेलेका ८ खेलमा ५ मा जित र ३ मा हार खेप्दै १० अंक बटुलेर दोस्रो स्थानमा पुगेको हो ।

Indian Premier League

TEAM M W L PT NRR
CSK 8 7 1 14 0.288
DC 8 5 3 10 0.418
KKR 8 4 4 8 0.35
MI 7 4 3 8 0.209
KXIP 8 4 4 8 -0.093
SRH 7 3 4 6 0.409
RR 7 2 5 4 -0.587
RCB 7 1 6 2 -1.202

यो सिजनमा समान खेल खेलेको चेन्नई सुपर किंग्स ८ खेलमा ७ मा जित र १ मा हार व्यहोर्दै १४ अंकसहित अंक तालिकाको शीर्षमा रहेको छ ।

हैदराबाद भने ७ खेलमा ३ जित र ४ हार व्यहोर्दै ६ अंकसहित छैठौं स्थानमा रहेको छ।

हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले सराइजर्स हैदराबादलाई ३९ रनले पराजित गर्यो।

Related image

टस हारेर ब्याटिड.को निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरको खेलमा १ सय ५५ रन जोडेर हैदराबादलाई १ स्य ५६ रनको लक्ष्य दिएको थियो ।

निर्धारित २० ओभरको खेलमा हैदराबादले १८.५ ओभरमा सबै विकेट गुमाएर १ सय १६ रन मात्र जोड्न सक्यो ।

हैदराबाद धराशायी

Image result for srh 2019
दिल्लीले दिएको लक्ष्य हासिल गर्ने क्रममा हैदराबाद ओपनर जोन्नि बेयरस्टो र डेभिड वार्नरले ७२ रनको राम्रो साझेदारी गरेका थिए । दशौँ ओभरमा ४१ रन बनाउदा बेयरस्टो आउट भए।

बेयरस्टोको विकेटपछि हैदराबादले लगातार विकेट गुमायो। कप्तान विलियमसन ३ रन, रिकी भुइ ७ रन, बनाएर आउट भए। डेभिड वार्नर पनि १७ औं ओभरमा ५१ रन बनाएर आउट हुँदा हैदराबाद समस्यामा पुग्यो।

 

Sunrisers Hyderabad: 1 David Warner, 2 Jonny Bairstow (wk), 3 Kane Williamson (capt), 4 Vijay Shankar, 5 Ricky Bhui, 6 Deepak Hooda, 7 Abhishek Sharma, 8 Rashid Khan, 9 Bhuvneshwar Kumar, 10 Khaleel Ahmed, 11 Sandeep Sharma

Delhi Capitals: 1 Prithvi Shaw, 2 Shikhar Dhawan, 3 Shreyas Iyer (capt), 4 Rishabh Pant (wk), 5 Colin Munro, 6 Chris Morris, 7 Axar Patel, 8 Keemo Paul, 9 Amit Mishra, 10 Kagiso Rabada, 11 Ishant Sharma

१६ औं ओभरको दोस्रो बलमा वार्नर आउट हुँदा हैदराबादले ४ विकेटको क्षतिमा १०६ रन पुर्याएको थियो । तर त्यसपछि पनि उसको विकेट झर्न रोकिएन । विजय शंकर १ रन, दीपक हुडा ३ रन तथा रशिद खान खाता नखोली आउट भए।

यसरी हैदरावाद १८.५ ओभरमा हैदराबादले १सय १६ रनमा सबै विकेट गुमाउन पुग्यो। ७२ रन बनाउदा १ विकेट गुमाएको हैदराबादले थप ४४ रन बनाउदा बाँकी ९ विकेट गुमाउन पुग्यो।

दिल्लीको लागि बलिङ्गमा कागिसो रबाडाले ४, क्रिस मोरिस र केमो पौलले समान ३ । ३ विकेट लिए।

दिल्ली सम्हालियो

टस हारेर ब्याटिंगको निम्तो पाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो।

दिल्लीका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ४५ , कोलिन मुनरोले ४०, ऋषभ पन्तले २३ योगदान दिएका थिए।

बलिड.मा हैदराबादका खलिल एहमदले ३, भुवनेश्वर कुमारले २ विकेट तथा अभिषेक शर्मा र राशिद खानले १ ।१ विकेट लिएका थिए।

 सन्दीपलाई अब मौका मिल्ने

कोलकोत्तासंगको खेलमा इडेन गार्डेनमा मौका नपाएका नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेलाई दिल्लीका क्याप्टेन श्रेयस ऐय्यरले हैदराबादको घरेलु मैदानमा पनि बिश्राम दिए । अघिल्लो खेलमा सन्दीपको सट्टा केमो पौललाई स्थान दिईएको थियो । दिल्लीले हैदराबादमा अमित मिश्रा र केमो पौललाई स्थान दियो भने राहुल तेवतियालाई पनि बाहिर राख्यो।

सोमबार भारतले विश्व कप खेल्ने टोलीको नाम सार्वजनिक गरेको विभिन्न सञ्चारमाध्यमले जानकारी दिएका छन् । विश्वकपमा पर्ने खेलाडीहरुलाई सबै टिमले अत्यावश्यक खेलमा बाहेक अन्यमा विश्राम दिने नीति लिएका छन् । उत्कृष्ट खेलाडीहरु ३० मे देखि १५ जुलाईसम्म बेलायतमा हुने विश्वकप क्रिकेटका लागि सुरक्षित राख्दा मध्यम र दोस्रो तहका खेलाडीहरुले बढी अवसर पाउने भएकोले अब हुने खेलमा सन्दीपले मौका पाउने संभावना बढेको छ ।

सन्दीपले हालसम्म ४ खेल खेल्ने अवसर पाइसकेका छन् । हरेकमा विकेट पनि लिएका छन् । उनले बंगलोरसंगको खेलमा १ विकेट लिंदा ४६ रन खर्चेका थिए। त्यस अघि हैदराबादसंगको खेलमा सन्दीपले १ विकेट लिन ३२ रन खर्चेका थिए। नेपाली लेग स्पिनरले पन्जाब बिरुद्ध २ विकेट तथा कोलकोता बिरुद्ध १ विकेट लिएका थिए।

Share Now

Leave a comment.