कोलकोता(पश्चिम बंगाल, भारत), १ बैशाख । इन्डियन प्रिमियर लिगको १२ औं संस्करण अन्तरतग शनिवार भएको २९ औं खेलमा चेन्नेइ सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कोलकात्ताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन बनायो ।
उसका लागि क्रिस लियनले ८२ रन बनाए भने नितिस रानाले २१ रनको योगदान गरे । यस्तै कप्तान दिनेश कार्तिकले १८ रन बनाए । यस्तै सुवमान गिलले १५ रनको योगदान गरे ।आन्द्रे रसेल १० रनमै आउट भए भने पीपी चावला ४ र एसपी नारायण २ रन जोडे ।
चेन्नईको बलिड.मा इमरान ताहिरले ४ र एसएन ठाकुर २ र एमजे सान्टनरले १ विकेट लिए । एक विकेट रनआउटबाट चेन्नईले निकाल्यो ।
Knight Riders: 1 Chris Lynn, 2 Sunil Narine, 3 Robin Uthappa, 4 Nitish Rana, 5 Dinesh Karthik, 6 Shubman Gill, 7 Andre Russell, 8 Piyush Chawla, 9 Kuldeep Yadav, 10 Prasidh Krishna, 11 Harry Gurney
Super Kings: 1 Faf du Plessis, 2 Shane Watson, 3 Suresh Raina, 4 Ambati Rayudu, 5 MS Dhoni, 6 Kedar Jadhav, 7 Ravindra Jadeja, 8 Mitchell Santner, 9 Imran Tahir, 10 Shardul Thakur, 11 Deepak Chahar
१ सय ६२ रनको लक्ष्य लिएको चेन्नेइले २ बल बाँकि हुँदा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । उसको जितमा सुरेस रैनाले ५८ तथा रविन्द्र जडेजाले ३१ र केदार ज्यादवले २० ,एफ डु प्लेसिस २४, एमएस धोनी १६,सेन वाटसन ६ एटी रायडूले ५ रन बनाए ।
कोलकोताको बलिड.मा एपी नारायण र पीपी चावलाले समान २ २ तथा एचएफ गुर्नेले १ विकेट लिए ।
Indian Premier League
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| CSK | 8 | 7 | 1 | 14 | 0.288 |
| KKR | 8 | 4 | 4 | 8 | 0.35 |
| MI | 7 | 4 | 3 | 8 | 0.209 |
| DC | 7 | 4 | 3 | 8 | 0.197 |
| KXIP | 8 | 4 | 4 | 8 | -0.093 |
| SRH | 6 | 3 | 3 | 6 | 0.81 |
| RR | 7 | 2 | 5 | 4 | -0.587 |
| RCB | 7 | 1 | 6 | 2 | -1.202 |
२९ औं खेलको अन्त्यसंगै चेन्नई सुपर किंग्स ८ खेलमा ७ खेल जितेर १४ अंक बटुल्दै शीर्षासनमा बसेको छ भने कोलकोता नाइट राइडर्स समान ८ खेलमा ४मा जित र ४ मा हार ब्यहोर्दै ८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
अहिले भैरहेको दिल्ली र हैदराबादको खेलको नतिजाले कोलकोताको स्थान तल झर्ने संभावना पनि छ ।


















