हैदरावाद(आन्ध्र प्रदेश,भारत),१ बैशाख । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेआबद्ध दिल्ली क्यापिटल्स आज सन राइजर्स हैदरावादसंग दोस्रो खेल खेल्दैछ ।
हैदरावादमा भैरहेको खेलमा घरेलु टीम सन राइजर्स हैदरावादले टस जितेर फिल्डिड. रोजेको छ ।
सन्दीप आबद्ध दिल्ली टस हारेर ब्याटिड. गर्दैछ ।
१० ओभरको अन्त्यमा ३ विकेट गुमाएर ८७ रन जोडेको छ ।
आजको खेलमा पनि दिल्लीले सन्दीपलाई मैदानमा नउतारेर विश्राम दिएको छ ।
Playing XIs
Sunrisers Hyderabad: 1 David Warner, 2 Jonny Bairstow (wk), 3 Kane Williamson (capt), 4 Vijay Shankar, 5 Ricky Bhui, 6 Deepak Hooda, 7 Abhishek Sharma, 8 Rashid Khan, 9 Bhuvneshwar Kumar, 10 Khaleel Ahmed, 11 Sandeep Sharma
Delhi Capitals: 1 Prithvi Shaw, 2 Shikhar Dhawan, 3 Shreyas Iyer (capt), 4 Rishabh Pant (wk), 5 Colin Munro, 6 Chris Morris, 7 Axar Patel, 8 Keemo Paul, 9 Amit Mishra, 10 Kagiso Rabada, 11 Ishant Sharma
यद्यपि दिल्लीका खेलाडी कोलिन इन्ग्राम बच्चाको मुख हेर्न दक्षिण अफ्रिका गएकोले उनको स्थानमा मुनरो आएका छन् भने टिवटियाको स्थानमा अमित मिश्रालाई ल्याइएको छ ।
दिल्लीले हालसम्म सम्पन्न भएका ७ खेलमा ४ मा विजय र ३ मा पराजय ब्यहोर्दै ८ अंक बटुलेको छ भने सन राइजर्स हैदराबादले उसले खेलेका ६ खेलमा ३ मा जित र ३ मा हार ब्यहोर्दै ६ अंक बटुलेको छ । आजको खेल दुवैको लागि प्रतिष्ठाको विषय पनि बनेको छ ।


















