Prakash Adhikari April 25, 2019

बैंग्लोर(कर्नाटका),१२ बैशाख । भारतीय राष्टिय क्रिकेट टीमका कप्तान विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले जारी आईपीएल खेलमा चौथो जित निकालेको छ ।

बुधबार राति भएको खेलमा किङ्स इलाभेन पञ्जाबलाई १७ रनले पराजित गर्दै उसले आफ्नो अंक तालिकाको स्थानमा पनि सुधार गरेको छ । बैंगलोर पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ ।

Indian Premier League

TEAM M W L PT NRR
CSK 11 8 3 16 0.091
DC 11 7 4 14 0.181
MI 10 6 4 12 0.357
SRH 10 5 5 10 0.654
KXIP 11 5 6 10 -0.117
KKR 10 4 6 8 -0.013
RCB 11 4 7 8 -0.683
RR 10 3 7 6 -0.47

एम चिन्नास्वामी स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।

बैंगलोरका लागि एबी डी भिलियर्सले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मार्कुस स्टोनिसले अविजित ४६ रन जोड्दा पृथ्वी पटेलले ४३ रन बनाए ।

कप्तान विराट कोहली १३ रनमा आउट भए ।

Image result for Bangalore win KXIP

बैगलोरलाई रोक्ने क्रममा पञ्जाबका मोहमद शामी, रविचन्द्र आश्विन,मुरुगान आश्विन र हार्डुस भिल्जोइनले १ । १ विकेट लिए ।

बैंगलोरले दिएको २ सय ३ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८५ रन मात्र बनाउन सक्यो ।

पञ्जाबको लागि निकोलस पुरनले सर्वाधिक ४६ रन जोड्दा लोकेश राहुलले ४२ रन बनाए । मायांक अग्रवालले ३५, डेभिड मिल्नरले २४ तथा क्रिस गेलले २३ रन बनाए ।

Image result for KXIP 2019

पञ्जाबलाई रोक्न बैंगलोरका उमेश यादवले ३ तथा नाभिद सइनीले २ विकेट लिए ।

योसंगै बैंगलोरले पञ्जाब लगातार दोस्रो खेलमा पराजित गरेको छ । यसअघि सिजनको पहिलो भेटमा बैंगलोरले पन्जाबलाई ८ विकेटले हराएको थियो ।यो जितसंगै बैंगलोर सातौं स्थानमा उक्लिएको छ । बैंगलोरले ११ खेलबाट ८ अंक जोडेको छ ।

पञ्जाब पाँचौं स्थानमा रहेको छ । पञ्जाबले ११ खेलबाट १० अंक जोडेको छ ।

Share Now

Leave a comment.