Prakash Adhikari May 11, 2019

विशाखापत्तनम् (आन्ध्रप्रदेश,भारत), २७ बैशाख । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सको पहिलो पटक आईपीएलको फाइनल पुग्ने सपनालाई चेन्नाई सुपर किंग्सले चकनाचूर पारिदिएको।

शुक्रबार राति सम्पन्न दोसो क्वालिफायर खेलमा टस हारेर ब्याटिंगको निम्तो पाएको दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य चेन्नाईले १९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्दै ६ विकेटले जित्यो ।

लक्ष्य पछ्याउने क्रममा चेन्नाई ओपनर फाफ डु प्लेसिस र शेन वाटसनले ओपनिंग साझेदारीको रुपमा ८१ रन बनाउदै जितको आधार तयार गरे। डु प्लेसिस र वाटसन दुवै ५० रन बनाएर आउट भए।

चेन्नाईलाई त्यसपछि जितसम्म पुर्याउन अम्बाती रायडुले अविजित २० रन बनाए। सुरेश रैना ११ र महेन्द्र सिंह धोनी ९ रन बनाएर आउट भए। चेन्नाईको जितमा फिनिसिड. टच द्धायन ब्राभोले दिए ।

चेन्नाईले १९ ओभरमा ४ विकेट गुमाएर दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य पूरा गर्यो।

चेन्नाईलाई रोक्न दिल्ली बलर असफल रहे । ट्रेन्ट बोल्ट, इशान्त शर्मा, अक्षर पटेल र अमित मिश्राले १ । १ विकेट लिए। केमो पौल ३ ओभरमा ४९ रन जोड्न दिंदा पनि उनी विकेट लिन असफल रहे ।

खेल समीक्षकहरुले सन्दीप लामिछानेलाई मैदानका ११ खेलाडीमा समावेश नगर्नुलाई दिल्लीका कप्तान श्रेयस ऐय्यरको ठूलो कमजोरीको रुपमा औल्याएका छन् । दिल्लीले पहिलो विकेट लिन ११ औं ओभरको दोस्रो बल पर्खनु पर्यो जतिबेला चेन्नाईले ८१ रन जोडिसकेको थियो ।

दिल्लीको कमजोर ब्याटिड.

यस अगाडि टस हारेर ब्याटिड.को निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४७ रनको योगफल तयार गरेको थियो।

दिल्लीको लागि ऋषभ पन्तले ३८ रन , कोलिन मुनरोले २७ तथा शिखर धवनले १८ रन बनाएका थिए। त्यस्तै कप्तान श्रेयस ऐय्यरले १३, इशान्त शर्मा र शेरफेन रदरफोर्डले १० । १०, अमित मिश्रा र टेन्ट बोल्टले ६ . ६ तथा पृथ्वी शाँले ५ तथा अक्षर पटेल र किमो पौलले ३ । ३ रन जाडेका थिए ।

दिल्लीलाई रोक्न चेन्नाईका बलर दिपक चाहर , हरभजन सिंह , रविन्द्र जडेजा र द्धयेन ब्राभोले २ । २ विकेट तथा इमरान ताहिरले १ विकेट लिएका थिए।

आईपीएलको गत संस्करणको विजेता समेत रहेको चेन्नाई आईपीएल इतिहासमा फाइनल प्रवेश गरेको आठौँ पटक हो। ८ पटक फाइनल पुग्दा चेन्नाईले सन् २०१०, २०११ र २०१८ गरि ३ पटक उपाधि जितेको छ।

फाइनल खेलमा चेन्नाई र मुम्बई बीच प्रतिस्पर्धा आइतबार हुनेछ। मुम्बई इण्डियन्सले यस अघि पहिलो क्वालिफायरमा चेन्नाई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा गरेको थियो।

Share Now

Leave a comment.