वाशिंटन(संयुक्त राज्य अमेरिका), २८ बैशाख । नेपालीहरुले अमेरिकामा पाउँदै आएको टेम्पोररी पोटेक्टेड स्टाटस(टीपीएस) सुविधा २०२० को मार्च २४ सम्म थप गरेको छ ।
सो अवधिभर टीपीएस सुविधामा अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले थप शुल्कपनि तिर्नु पर्ने छैन ।
अमेरिकी सरकारले दैनिक जर्नल फेडरल रजिष्टरमा सूचना प्रकाशित गरी नेपाल र होण्डुरसको टीपीएस सुविधा बढेको जानकारी गराईएको छ । तर टीपीएस सुविधाबाट बाहिरिएकाहरुको सम्बन्धमा भने समस्या हुन सक्ने जनाइएको छ ।
टीपीएस सुविधा खारेज गरेकाहरुले भने अब पुनः सो सुविधा पाउन सक्ने सम्भावना कम छ । तर पुन फारम भरी दर्ता नगरेकाहरुले भने टीपीएस सुविधा पाउन सक्नेछन, त्यसकोलागि चित्तबुझ्दो कारण सहितको जवाफ खुलाउनु पर्नेछ । टीपीएस सुविधामै बसेका तर वर्क परमिटको निवेदन दिएकाहरुलेपनि मार्च २४ सम्म परमिट पाउने सम्भावना छ ।
नेपालमा सन २०१५ को अप्रिलमा भूकम्प गएपछि अमेरिकाले सन २०१५ जुन २४ देखि नेपालीलाई टीपीएस सुविधा दिदै आएकोे थियो ।
नेपालमा भूकम्पीय जोखिम भएकोले अमेरिकाले यो सूविधा दिदै आएको छ ।