Prakash Adhikari June 5, 2019

काठमाडौँ, २२ जेठ । नेपाल वातावरण पत्रकार समूह ९नेवापस०ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘‘वातावरण पत्रकारिता पुरस्कार’’ सन् २०१८ का लागि हिमाल खबरपत्रिका संवाददाता श्री मुकेश पोख्रेललाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार स्वरुप उहाँलाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिनेछ ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१८ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गर्दा विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता भएका लेखहरुको मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०१८ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व महासचिव वरिष्ठ पत्रकार बद्री पौड्याल संयोजक, पूर्व महासचिव तथा पत्रकार रमेश भुसाल तथा विज्ञ सदस्य तथा वातावरणविद् डा। तीर्थबहादुर श्रेष्ठ रहेको छनौट समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुमध्ये सान्दर्भिकता, गहनता, विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता समेतका आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरेको थियो ।

समाजशास्त्रमा स्नातकोत्तर तह उतिर्ण श्री पोखरेल हिमाल खबरपत्रिकामा संवाददाताका रुपमा कार्यरत हुनुहुन्छ । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०१८’ पाउने उहाँ ३२औँ पत्रकार हुनुहुन्छ ।

Share Now

Leave a comment.