Prakash Adhikari September 23, 2019

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष के.पी.शर्मा ओलीको नेतृत्वमा रहेको बर्तमान सरकार अन्याय,अत्याचार,भ्रष्टाचार,तस्करी र बलत्कारका काण्डै काण्डमा चुर्लुम्म डुबेको आरोप लगाउनुभएको छ ।

नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरद्वारा लिखित पुस्तक ‘नेकपा सरकारका काण्डैकाण्ड’ को सोमबार काठमाडौंमा विमोचन गर्दै उहाँले सो आरोप लगाउनुभएको हो । उहाँले ओली सरकारले शून्य सहनशीलताका कुरा गरेर मुलुकलाई भ्रष्टाचारको काण्डैकाण्डमा डुबाएको बताउनुभयो।

उहाँले मेलम्ची खानेपानी आयोजनाको ठेक्का बिनाप्रतिस्पर्धा दिनु, राष्टिय परिचय पत्रको ठेक्का विना टेण्डर दिनु अन्य ठूला आयोजना पनि विना टेण्डर दिएर सरकारले मुलुकमा कानुनी राजको खिल्ली उडाएको आरोप पनि लगाउनुभयो ।

कांग्रेस सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिनुभएको थियो ।
जनविरोधी कामलाई उदांगो बनाऔ ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले ओली सरकारका जनविरोधी काम चिनेमा पार्टीले अर्को चुनावमा जित्ने बताउनुभयो ।

‘कांग्रेसले ओली सरकारका जनविरोधी काम चिन्‍नुपर्योु, उहाँले भन्नुभयो, ुयही पुस्तकलाई सन्दर्भ सामग्री बनाएर अघि बढ्दा पनि कांग्रेसलाई चुनाव जित्नबाट कसैले रोक्न सक्दैन।’

उहाँले कांग्रेसलाई अघि बढाउन पार्टीभित्रको एकताको आवश्यकतामा जोड दिंदै नेकपा नेतृत्वको वर्तमान सरकारले गरेका काम र पार्टी नेतृत्वको विगतका सरकारका कामको तुलनात्मक अध्ययन हुने गरी पुस्तक लेख्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

Share Now

Leave a comment.