Prakash Adhikari October 17, 2019

दाड.,३० असोज ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी माओवादीका माथिल्लो तहका २१ जनालाई नियन्त्रणमा लिएको प्रहरीले दावी गरेको छ।

दाङको राजपुर गाउँपालिका ४ को जंगलबाट उनीहरुलाई गए राति पक्राउ गरिएको दाङ प्रहरीका प्रवक्ता विनोदविक्रम शाहले बताउनुभएको छ।

विप्लव समूहको मध्यपश्चिम ब्यूरोको बैठक भइरहेको सूचनाका आधारमा बैठकस्थल पुगेको प्रहरीको टोलीले सहभागीहरुलाई पक्राउ गरेको थियो।
प्रहरीले जनाए अनुसार पक्राउ परेका केन्द्रीय तहका २१ जनालाई लिएर प्रहरी सदरमुकामतर्फ गएको छ ।

प्रहरीले विप्लपको पार्टीका मध्यपश्चिम कमाण्ड इञ्चार्ज तथा विप्लवका दाइ बीरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतलाई पक्राउ गरेको छ।

Share Now

Leave a comment.