Prakash Adhikari November 1, 2019

काठमाडौं, १५ कार्तिक । बेलायतको ऐतिहासिक क्रिकेट क्लब मेरिलोबर्न क्रिकेट क्लब(एमसीसी)को टीम नेपालसंग क्रिकेटका श्रृखला खेल्न आज नेपाल आईपुग्ने भएको छ ।

सो श्रृखला खेल्नका लागि नेपालद्धारा तीनवटा राष्ट्रिय टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो श्रेणी, टी–२० र एकदिवसीय गरी ३ वटा टिम घोषणा गरेको छ।

नेपाली राष्ट्रिय टिम र एमसिसीकाबीच कात्तिक १८ गतेदेखि ५० ओभरको एक दिवसीय, टी–२० र तीनदिवसीय खेल खेल्दैछ।

तीनवटै टिमको नेतृत्व नवनियुक्त राष्ट्रिय कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन्। मल्लका लागि यो नेपालको पहिलो आधिकारीक कप्तानी हुनेछ।

तीन वटै टिममा कप्तान ज्ञानेन्द्रसहित आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामी गरी ८ खेलाडीले स्थान पाएका छन्।

पवन सर्राफले टी–२० र पहिलो श्रेणीको टिममा समावेश छन्।

रोहितकुमार पौडेलले ५० ओभर र पहिलो श्रेणीमा स्थान बनाएका छन्।

यस्तै बसन्त रेग्मी र शरद भेषवाकरले ५० ओभर तथा पहिलो श्रेणीको टिममा रहेका छन्।

अमित श्रेष्ठ, अभिनास बोहोरा, नन्दन यादव, कुशल भुर्तेल, सुसन भारी र सन्दीप जोराले टी–२० टिममा मात्र स्थान बनाएका छन्।

पूर्वकप्तान पारस खड्का, विक्रम शोव र इशान पाण्डेलाई ५० ओभरको टिममा मात्र राखिएको छ।

जितेन्द्र मुखिया र राजु रिजाल पहिलो श्रेणीको टिममा मात्र छन्।

Lords cricket ground englandको लागि तस्बिर परिणाम

एमसीसीको भ्रमण तालिका

कात्तिक १८ गते – नेपाल यु–१९ भर्सेस एमसिसी (५० ओभर)
कात्तिक १९ गते – नेपाल भर्सेस एमसिसी (५० ओभर)
कात्तिक २१ देखि २३ सम्म – नेपाल भर्सेस एमसिसी (तीनदिवसीय– पहिलो श्रेणी)
कात्तिक २४ गते – नेपालको मिश्रित टिम भर्सेस एमसिसी (टी–१०)

टी–२० टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, अमित श्रेष्ठ, अभिनास बोहरा, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, नन्दन यादव, पवन सर्राफ, सन्दीप जोरा, सन्दीप लामिछाने, सोमपाल कामी, सुशन भारी

५० ओभर टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, बसन्त रेग्मी, विक्रम शोव, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, करण केसी, ललितनारायण राजवंशी, पारस खड्का, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी

प्रथम श्रेणीको टिम
ज्ञानेन्द्र मल्ल (कप्तान), आरिफ शेख, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी, ललितनारायण राजवंशी, पवन सर्राफ, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी

प्रमुख प्रशिक्षक -उमेश पटवाल

सहायक प्रशिक्षक – मनोज कटवाल

व्यवस्थापक – सुमन कार्की

Share Now

Leave a comment.