उक्त आँधीले शनिवार मध्यरातमा भारतको सागर टापु नजिकै पश्चिम बङ्गालको जमिनलाई छोएको थियो।
त्यसले समुन्द्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आँधीका कारण दुई मानिसहरूको ज्यान गइसकेको छ।
अवरूद्ध सेवा
पश्चिम बङ्गाल क्षेत्रका थुप्रै समुद्री बन्दरगाह र विमानस्थलहरूको सेवा अवरूद्ध भएको छ। जसमा व्यस्त कोलकाता विमानस्थल समेत छ।
बुलबुलको मार्गमा पर्ने सुन्दरवन संसारकै प्रख्यात जङ्गल हो जहाँ खतरामा परेका बेङ्गल टाइगर प्रजातिका बाघको बसोबास छ।

बाङ्ग्लादेशको दुई ठूला समुद्री बन्दरगाहहरू मोङ्ला र चित्तगङलाई बन्द गरिएको छ भने चित्तगङ विमानस्थलमा उडानहरू रद्द गरिएका छन्।
बाङ्ग्लादेशको विपत् व्यवस्थापन निकायका सचिव शाह कमलले समाचार संस्था एएफपीलाई बताए अनुसार ५,५०० मानिसहरूलाई सुरक्षित आश्रयस्थल लगिएको छ।
कति शक्तिशाली?
मौसम पूर्वानुमान अधिकारीहरूले उक्त आँधी उत्तरतर्फ बढ्दै जानेक्रममा बिस्तारै कमजोर हुने बताएका छन्।
बाङ्ग्लादेशको मौसम विभागका अनुसार बुलबुल आँधीका बेला वायुको गति करिब १२० किलोमिटर प्रतिघण्टा पुग्नेछ भने समुन्द्रमा उच्च छाल आउनेछ।

बाङ्ग्लादेशका दुई ठूला समुद्री बन्दरगाहरू मोङ्ला र चित्तगङलाई बन्द गरिएको छ भने चित्तगङ विमानस्थल जाने उडानहरू रद्द गरिएका छन्
हजारौँ स्वयंसेवीहरूले घरघरै पुगेर आँधीबारे नागरिकहरूलाई सतर्क गराइरहेका छन्।
भारतको पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आँधीले जमिनमा नहान्दै एउटा ट्विटमार्फत् ‘नआत्तिन’ आग्रह गरेकी थिइन्।
Cyclone Bulbul is about to pass through Bengal. Our State Administration is closely monitoring the situation 24×7. We are taking all measures to tackle any contingency. Special Control Rooms have been set up and NDRF-SDRF teams are deployed. (1/3)
— Mamata Banerjee (@MamataOfficial) November 9, 2019
बाङ्ग्लादेशको पूर्वतयारी
बाङ्ग्लादेशमा यसअघि पनि आँधी आउँदा हजारौँ मानिसले ज्यान गुमाएका थिए तर पछिल्ला वर्षहरूमा पूर्वतयारी गर्दा ज्यान गुमाउनेको सङ्ख्या निकै घट्न पुगेको छ।
आँधीको पूर्वसूचना प्रणालीमा सुधार गरिएको छ जसले अधिकारीहरूलाई मानिसहरू प्रभावित हुने ठाउँबाट हटाउन समय मिल्ने गरेको छ।

आँधीबाट प्रभावित हुनेहरूका लागि शिविरहरू पनि बनाइएको छ।
स्थानीय अधिकारीहरूले शिविर बाहेक विद्यालय भवन र मस्जिदलाई पनि मानिसहरू उद्दार गरेर राख्ने ठाउँका रूपमा प्रयोग गर्न आदेश दिइएको बताएका छन्।



















