Prakash Adhikari November 12, 2019

हंगकंग(चीन), २६ कार्तिक(बीबीसी) । विगतमा प्रदर्शनहरू सामान्यत: सप्ताहन्तहरूमा सीमित हुने पाइएकामा अहिले अन्य दिनहरूमा समेत हुन थालेका छन्।

पाँच महिनाभन्दा लामो प्रदर्शनहरूपछि हङकङको कानुनी शासन पूर्ण रूपमा ध्वस्त हुने सङ्घारमा धकेलिएको चेतावनी त्यहाँको प्रहरीले दिएको छ।

प्रहरीले एकजना प्रदर्शनकारीलाई गोली हानेपछि हिंसा बढेको देखिएको एक दिनपछि उक्त चेतावनी स्पष्ट रूपमा आएको छ।

त्यसपछि सरकार विरोधी प्रदर्शनकारीले एकजना बेइजिङ समर्थकलाई आगो लगाइदिएका थिए।

तनाव
मङ्गलवार पनि हङकङका विश्वविद्यालयहरू र मुख्य व्यापारिक केन्द्रमा प्रदर्शनकारीहरूको प्रहरीसँग भिडन्त भयो।

चिनियाँ विश्वविद्यालयमा धुवाँको मुस्लो उडिरहेको देखिन्थ्यो र खेल मैदानमा अश्रुग्याँस प्रहार गरिएको थियो।

विश्वविद्यालयमा उपकुलपतिले विद्यार्थी र प्रहरी दुवैपक्षसँग वार्ता गरेका थिए।

चिनियाँ विश्वविद्यालयमा धुवाको मुस्लो उडिरहेको देखिन्थ्यो र खेल मैदानमा अश्रुग्याँस प्रहार गरिएको थियो।
चिनियाँ विश्वविद्यालयमा धुवाको मुस्लो उडिरहेको देखिन्थ्यो र खेल मैदानमा अश्रुग्याँस प्रहार गरिएको थियो।

समाचार संस्था एएफपीका अनुसार प्रहरीले आफूहरूलाई हटाउन अश्रुग्याँस प्रहार गरेपछि मुकुन्डो लगाएका सयौँ प्रदर्शनकारीहरूले इँटा र अन्य वस्तुहरू प्रहार गरेको देखिन्थ्यो।

कार्यालयमा काम गर्ने हजारौँ मानिसहरू पनि सडकमा निस्किएका थिए।

उनीहरूले ‘शान्तिपूर्ण रूपमा स्वतन्त्रताका लागि लडौँ, हङकङको पक्षमा उभिउँ’ भन्ने नारा लगाए।

विगतमा प्रदर्शनहरू सामान्यत: सप्ताहन्तमा सीमित हुने पाइएकामा अहिले अन्य दिनहरूमा समेत हुन थालेका छन्।

घटनाक्रम
चीनसमक्ष सुपुर्दगी गर्न अनुमति दिने एउटा विधेयकको विरोधमा जुन महिनाबाट प्रदर्शन सुरु भएको हो।

त्यो विधेयक अहिले फिर्ता लिइसकिएको भएपनि विरोधहरू बृहत् प्रदर्शनमा बदलिएको छ।

हङकङ
जसमा अभियानकर्मीहरूले हङकङ प्रहरीलाई उत्तरदायी बनाइनुपर्ने भन्दै थप प्रजातान्त्रिक अधिकारको माग गरिरहेका छन्।

हङकङभर दर्जनौँ स्थानीय र अन्तर्राष्ट्रिय विद्यालयहरूले सुरक्षा चिन्ताका कारण भन्दै मङ्गलवार बन्द रहने सूचना अभिभावकहरूलाई पठाएका थिए।

अन्य विश्वविद्यालयहरू र व्यापारिक केन्द्रमा प्रदर्शन र केही झडप भएका छन्।

प्रहरी के भन्छ?
मङ्गलवार दिउँसो प्रहरी प्रवक्ता कोङ् विङ चुङले विद्रोहीहरूले ‘निर्दोष नागरिकविरूद्ध अन्धाधुन्ध र अविवेकी हिंसा गरेको अनगिन्ति उदाहरणहरू आफूहरूसँग रहेको’ भन्दै प्रदर्शनकारीहरूमाथि प्रहार गरे।

उनले संवाददाताहरूलाई भने: “नकाबधारी विद्रोहीहरूले जथाभावी रूपमा आफ्नो हिंसा यसरी बढाइरहेका छन् कि त्यसले हङकङको कानुनी शासनलाई पतनको सङ्घारमा धकेलिदिएको छ।”

हङकङ
उनले एकजना बेइजिङ् समर्थकमाथि सोमवार भएको आक्रमणबारे ‘हत्या प्रयासको रूपमा अनुसन्धान भइरहेको’ जानकारी दिए।

प्रहरीको गोली लागेका र ती बेइजिङ समर्थक दुवैजना चिन्तजनक अवस्थामा अस्पतालमा उपचाररत् छन्।

Share Now

Leave a comment.