Prakash Adhikari November 14, 2019

काठमाडौं, २८ कार्तिक । आगामी मङ्सिर १४ गते हुने स्थानीय तहका ४८ पदको उपनिर्वाचनमा स्थानीय तहको ४८ पदका लागि २८१ को उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ स्थानीय तहमा विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ।

स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपनिर्वाचन हुँदैछ।

उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २ सय १७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ। मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ।

Share Now

Leave a comment.