Prakash Adhikari November 14, 2019

 

बेइजिड.(चीन),२८ कार्तिक । चीनमा जारी ‘बी एण्ड आर कप’ महिला टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाली अन्डर १९ महिला टीमले दोस्रो विजय निकालेको छ ।
बिहीबार भएको खेलमा नेपाली चेलीहरुले म्यानमार यु १९ टिमलाई ३६ रनले पराजित गरेका हुन्।

खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको नेपालले २० ओभरको निर्धारित खेलमा १०७ रन बनाएको थियो ।

नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको म्यानमारले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ७२ रन मात्र जोड्न सक्यो ।

म्यानमारलाई रोक्ने क्रममा नेपालकी कृतिका मरासिनीले ३, इश्वरी बिस्टले २, शिला रेग्मी र लक्ष्मी साउदले समान १ । १ विकेट लिए ।

यस अघि पहिले ब्याटिंग गर्ने क्रममा नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन बनाएको थियो। नेपालको लागि कविता कुँवरले सर्वाधिक २८ रन , कप्तान डली भट्ट र शिला रेग्मी क्षेत्रीले समान १५ रन तथा यशोदा बिष्टले १० रन बनाए।

खेलको प्लेअर अफ द म्याच कृतिका मरासिनी चुनिइन्।

प्रतियोगितामा नेपालको यो दोश्रो जित हो। यस अघि नेपालले चीनलाई ८ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा थाईल्याण्डसंग २९ रनले पराजित भएको थियो।

प्रतियोगिता अन्तर्गत नेपालले चौथो खेल मलेसियासंग शुक्रबार खेल्नेछ।

Share Now

Leave a comment.